एनआईसी एशिया बैंकद्वारा सुनसरी जिप्रकालाई सहयोग

काठमाडाैँ । एनआईसी एशिया बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्ला प्रहरी कार्यालयलाई सडक सुरक्षा र जनचेतनासम्बन्धी सामाग्री हस्तान्तरण गरेको छ। बैंकले सडक सूरक्षा सचेतनामुलक सूचनासहितका १४ थान सडक सुरक्षा सामाग्रीहरु हस्तान्तरण गरेको हो। ती सामाग्रीहरु सडकमा सवारी जाँचमा प्रयोग हुने बैंकले जनाएको छ।

 एनआईसी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालयका अधिकारीहरुलाई सडक सुरक्षा र जाँच कार्यमा सहयोग हुने सामाग्रीहरु हस्तान्तरण गरे।

देशभर दुई सय ७५ वटा शाखा कार्यालयसहितको संजाल बिस्तार गरेर दरिलो बाण्ज्यि बैंकमा स्थापित भएको एनआईसी एशियाले सामाजिक कार्यहरुमा पनि उत्तिकै सहयोग गर्ने रणनीति बनाएको छ। उसले यसअघि विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गरेको थियो।

एनआईसी एशिया २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एव २३ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ।

बैंकको वासलातको आकार २१६ अर्ब भन्दा बढी, कुलनिक्षेप करिब १७५ अर्ब, कुल कर्जा करिब १४९ अर्ब निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो बनाएको छ। बैंकका ग्राहक १४ लाख ५० हजार रहेको नायब प्रमुख सूचना अधिकृत अर्जुनराज खनियाँले जनाएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस