चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । चेल्सी काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा टोटेनह्यामलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै चेल्सी उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा भएको सेमिफाइनलको दोस्रो लेगमा चेल्सीले टोटेनह्यामलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । तर, पहिलो लेगमा चेल्सीले टोटेनहमसँग १–० को हार व्यहोरेको कारण खेल समग्रमा २–२ गोलको बराबरी भएको थियो ।

त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा भने चेल्सी विजयी भयो । चेल्सीका सिजर विलियन, सिजर एज्प्लिक्युएटा, जोर्गीन्हो र डेभिड लुइजले पेनाल्टीमा गोल गरे  ।

तर, टोटेनह्यामका इरिक डायर र लुकास मौराले गोल गर्न सकेनन् । उसका लागि इरिक लमेला र क्रिस्तियन एरिक्सनले गोल गरेका थिए  । त्यसअघि खेलको २७ औ मिनेटमा एनगोलो कोन्टेले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए  ।

खेलको ३८ औ मिनेटमा इडेन हजार्डले गोल गर्दै चेल्सीलाई २–० को अग्रता दिलाए । ५० औ मिनेटमा टोटेनह्यामका फर्नान्डो लोरेन्टले एक गोल फर्काएपछि खेल समग्रमा २–२ को बराबरीमा सकिएको थियो ।

अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग खेल्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबलको उपाधि गोल्डेन गेटले उचाल्यो

काठमाडाैं । ‘एसियु एण्ड पिइसी फस्ट इन्टर कलेज गर्ल्स बास्केटबल टुर्नामेन्ट २०२४’ शनिबार रोयल स्पोर्ट्स …

प्रतिकृया दिनुहॊस