अब राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा, वडासम्म जान रक्षामन्त्रीको सुझाव

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक ७७ वटै जिल्लामा पुग्ने पहिलो बाणिज्य बैंक बनेको छ । राष्ट्रिय वाणिज्य बैंक ५४ औं वार्षिकोत्सब समारोहमा कार्यवाहक प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले सम्बृद्ध नेपाल सुखी नेपाली अभियानको सफलताको लागि सवै स्थानीय तहमा मात्र नभई हरेक वडा वडामा बैंकको शाखा पुग्नुपर्ने बताए ।

उनले बैंकहरुले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम विपन्नवर्ग, उत्पादनशील क्षेत्र तथा पूर्वाधार र युवा स्वरोजगारकोे क्षेत्रमा प्राथमिकताका साथ कर्जा लगानी गर्नुपर्ने बताए ।

समारोहमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नेपालको आर्थिक विकासमा रावा बैंकले खेलेको भुमिकाको सराहना गर्दै यो बैंक नेपालका अन्य वाणिज्य बैंकहरुको तुलनामा अग्रणि रहेको बताए ।

बैंकका संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले विगत १० वर्ष यता देखि बैंकको सवै वित्तीय सुचकहरु सकारात्मक ढगंले अगाडी बढिरहेको बताए । उनले बैंकले समयानुकुल रुपमा सबै क्षेत्रमा प्रगति गर्दै गईरहेको र बैंकलाई डिजिटल तर्फ लाने क्रममा आज तीनवटा ब्राच्नलाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको पनि बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको वर्तमान स्थिति र समग्र योजनाको बारेमा जानकारी गराए । उनले २०७५ पुस मसान्तसम्म बैंकले १ खर्व ८२ अर्व रुपैंया निक्षेप संकलन गरी १ खर्व ३४ अर्ब रुपैंया कर्जा लगानी गरेको बताए । बैैंकले यस अवधिमा खुद मुनाफा १ अर्व ९६ करोड रुपैंया पु¥याएको छ । बैंकको कूल सम्पत्ती २ खर्व ४ अर्ब रुपैंया पुगको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

कार्यक्रममा बैंकको २१७ शाखाहरु मध्ये शाखा कार्यालय नक्साल, पुल्चोक र हेटौंडा शाखालाई स्मार्ट ब्रान्चको रुपमा शुभारम्भ गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after