News desk

नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिंदै

काठमाडौं । नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिंदै छ । आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो । जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन् । त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ ।  यी देवीको आठवटा हात रहेको छ । यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने …

पुरा पढ्नुहॊस »

कविन्द्र श्रेष्ठको ‘मायाँ मलाई…’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायक कविन्द्र श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ । ‘मायाँ मलाई…’ बोलको गीत लिएर उनी दर्शक तथा स्रोता माझ आएका हुन् । गीतमा शब्द तथा संगीत पनि कविन्द्र स्वयम्कै हो । स्काई ब्यान्डका ब्यान्ड मेम्बर कविन्द्रले भिडियो पनि निर्माण गरेका छन् । निराजन प्रधान र सुमी मोक्तान फिचर्ड भिडियो अभेस बज्राचार्यले खिचेका हुन् भने निर्देशन पासाङ लामा योञ्जनले गरेका छन् । ‘डाँडैमा मेला लागेछ…’ बोलका गीतका गायक कविन्द्र ‘मायाँ …

पुरा पढ्नुहॊस »

नुवाकोटमा बस दुर्घटना: २ को मृत्यु, ३० यात्रु घाइते

काठमाडाैं । नुवाकोटको दुप्चेश्वर समुन्टारबाट त्रिशुली जाँदै गरेको बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ३० यात्रू घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । यात्रु बोकेर त्रिशुलीतर्फ आउँदै गरेको बा १ ख ६३५६ नम्बरको बस दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि अस्पताल लैजाने क्रम जारी छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

पुरा पढ्नुहॊस »

सुनको भाउ बढ्यो, ६० हजार रुपैयाँ तोलामा कारोबार

काठमाडौं । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुन शुक्रबार तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो । यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो । त्यसयता घटेको सुनको भाउ गएको महिनादेखि फेरि बढ्दै गएको हो । …

पुरा पढ्नुहॊस »

खाद्य संस्थानले सुरु गर्‍याे खसीबोका र च्याङ्ग्रा बिक्री

काठमाडाैं । सरकारले दसैंका लागि आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको छ । नेपाल खाद्य संस्थान, बागमती अञ्चल कार्यालयले थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्यांग्रा बिक्री वितरण सुरु गरेको हो । संस्थानका अनुसार बिहीबार साँझसम्म १८० खसीबोका तथा चार सय च्यांग्रा काठमाडौं ल्याइसकिएको छ । मुस्ताङबाट एक हजार च्यांग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९०० च्यांग्रा ल्याइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक …

पुरा पढ्नुहॊस »

पूर्वी र मध्यपहाडी क्षेत्रमा आज र भोली सामान्य वर्षा

काठमाडौं । भारतको उडिसा क्षेत्रमा चक्रवत रहेकाले नेपालको उत्तरपूर्वी क्षेत्रमा त्यसको प्रभाव देखिएको छ । यसैको प्रभावका कारण शुक्रबार बिहान देशको पूर्वी र मध्य भागमा सामान्य वर्षा भएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । “उडिसा क्षेत्रमा देखिएको चक्रवत नेपालको उत्तरपूर्वी क्षेत्रतर्फ अगाडि बढेका कारण आज र भोली पूर्वी र मध्यभागका पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना देखिएको छ,” महाशाखाका मौषमविद् राजु प्रधानाङ्गले भने । नेपालमा असोज …

पुरा पढ्नुहॊस »

आज विश्व वाथरोग दिवस : वाथरोग कसरी थाहा पाउने ?

काठमाडाैं । आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो । बाथ रोगको प्रकार सय भन्दा बढी भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताए । उनका अनुसार उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको बाथ रोगको समयमा उपचार नभए हाड, र्जोनी …

पुरा पढ्नुहॊस »

मोदीखोलामा सुरु भयो क्षमता अनुसारकै बिजुली उत्पादन

काठमाडाैं । मोदीखोला जलविद्युत् आयोजना केन्द्रबाट क्षमता अनुसारको बिजुली उत्पादन सुरु भएको छ । कुल उत्पादन क्षमता १४.८ मेगावाट रहेको आयोजनाबाट  दैनिक १४ मेगावाटको आसपासमा बिजुली उत्पादन हुन थालेको हो । अघिल्ला वर्षहरूमा बढीमा ११ मेगावाट आसपासमा विद्युत उत्पादन हुने गरेकोमा यो वर्ष ‘पावर हाउस’मा प्रयोग भएको पुरानो ‘कुलर’ हटाएर नयाँ कुलर फेरेपछि उत्पादन बढेको जलविद्युत आयोजना केन्द्रका प्रमुख शिवकुमार शाहले बताए । ३५ लाख रुपैयाँको लगानीमा कुलर फेरिएको प्रमुख शाहले जानकारी दिए …

पुरा पढ्नुहॊस »

सुनधारामा खुल्यो सिटीसी मोबाइल हब

काठमाडाैं । सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणासहित एक कार्यक्रमका बिच सिटीसी मोबाइल हबको औपचारिक सुरुवात गरिएको हो । मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्वसन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाका साथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने …

पुरा पढ्नुहॊस »

सिभिल बैंक र नेशनल बैंकिङबीच सम्झौता

काठमाडाैं । नेशनल बैंकिङ इन्ष्टिच्युट र सिभिल बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालिम गराउने छ । सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे ।

पुरा पढ्नुहॊस »