News desk

बुधबार बढ्यो सुन-चाँदीको मूल्य

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो । बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो …

पुरा पढ्नुहॊस »

पोखरामा पनि चल्यो डोजर

काठमाडाैँ । पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी …

पुरा पढ्नुहॊस »

स्यालको टोकाइबाट नौ जना घाइते

काठमाडाैँ । रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो । स्यालको टोकाइबाट घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा छन् । घाइते …

पुरा पढ्नुहॊस »

उपहारस्वरुप भारतले नेपाललाई दियो २०० वटा गाडी

काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा …

पुरा पढ्नुहॊस »

केही दलहरू संविधान च्यात्ने प्रपञ्चमा लागे : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्याथ्ने प्रपञ्चमा लागिरहेको बताएका छन्। सिद्धार्थनगर नगरपालिका १२ मा मंगलबार आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए । मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूको गठबन्धनबिरुद्ध बनाएका छन् । यो तीन दलीय गठबन्धन …

पुरा पढ्नुहॊस »

भारतले धान निर्यात शुल्क हटायो, चामलको मूल्य घट्ने

काठमाडौं । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय ९राजस्व विभाग०ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा …

पुरा पढ्नुहॊस »

तासका लागि नेपालीले खर्च गरे तीन करोड ५९ लाख

काठमाडौं । सरकारले विदेशी विनिमयको सञ्चिति घट्दै गएको भन्दै विलाशिताका वस्तु आयातमा प्रतिबन्ध लगाएको महिनौं भयो । मुलुकको अर्थतन्त्रमा वैदेशिक व्यापारले नकारात्मक असर पारेसँगै सरकारले अति आवश्यक वस्तु बाहेकको आयातमा कडाइ गरे पनि अझै त्यस्ता वस्तुको आयात भने रोकिएको छैन । निर्यातका तुलनामा आयात कमजोर हुँदा मुलुकको वैदेशिक मुद्राको सञ्चिति घट्दै गएको विवरण नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्दै आएको छ । मुलुकभित्रै उत्पादन गर्न सकिने कृषि उपज र अन्य उपभोग्य …

पुरा पढ्नुहॊस »

विप्लवले चुनाव विथोल्ने !

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए । …

पुरा पढ्नुहॊस »

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ०२ पैसा र बिक्री दर १३२ रूपैयाँ ६२ पैसा रहेको छ । युरो एकको खरिद दर १३१ रूपैयाँ ०७ पैसा र बिक्री दर १३१ रूपैयाँ ६७ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ । आज दिउँसो प्रदेश–१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा राति पनि आंशिक बदली रहने छ । भोलि पनि प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का …

पुरा पढ्नुहॊस »