केही दलहरू संविधान च्यात्ने प्रपञ्चमा लागे : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले केही राजनीतिक दलहरू जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्याथ्ने प्रपञ्चमा लागिरहेको बताएका छन्।

सिद्धार्थनगर नगरपालिका १२ मा मंगलबार आयोजित कार्यक्रममा सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए । मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिडेको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूको गठबन्धनबिरुद्ध बनाएका छन् । यो तीन दलीय गठबन्धन संविधान च्याथ्न र मुलुकलाई पश्चगमनतर्फ ढकेल्न लागिरहेको उनको तर्क छ ।

जनप्रतिनिधिले बनाएको संविधान संसद्मा दुई तिहाइ मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्याथ्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको भन्दै उनले सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीनिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न नागरिकलाई आग्रह गरे ।

लामो संघर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउदै गृहमन्त्री खाणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए।

मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अफ्ट्यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो । गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर मुलुकमन शान्ति स्थापना गरि अग्रगमनको बाटोमा लैजान गरिएको उनको भनाइ थियो । खाण रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after