बुधबार बढ्यो सुन-चाँदीको मूल्य

काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

बुधबार चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेर प्रतितोला १ हजार २२५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा किनबेच भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस