News desk

भारतको एसएसबी प्रमुख थाओसेन काठमाडौंमा

काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन नेपाल आइपुगेका छन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार बिहान काठमाडौं आइपुगेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् । बैठकमा सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे …

पुरा पढ्नुहॊस »

कोरोनाले रोकिएको श्रीएयरको माउन्टेन फ्लाइट पुनः सुरु

काठमाडाैं । कोराेना महामारीका कारण रोकिएको श्री एयरलाइन्सको माउन्टेन फ्लाइट (उडान) पुनः सुरु भएको छ । कोराेनाका कारण तीन वर्षदेखि उक्त एयरलाइन्सको पर्वतीय उडान रोकिएको थियो । कोरोना सङ्क्रमण नियन्त्रणमा आउनाका साथै जनजीवन सहज भएसँगै पर्यटकको सुविधालाई ध्यानमा राख्दै पुनः माउन्टेन फ्लाइट सुरु गरिएको एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए । उनका अनुसार श्री एयरलाइन्सले सीआरजे २०० सिरिजको जहाजमार्फत २५ हजार फिट उचाइमा यो उडान सेवा दिने भएको छ । …

पुरा पढ्नुहॊस »

सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट, कसरी हेर्ने रिजल्ट ?

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले मंगलबार सेयर बाँडफाँट गरेको हो । उक्त आईपीओ एक लाख पाँच हजार ८०० जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओका लागि आवेदन दिने १४ लाख ६ हजार ७३७ जना आवेदकको भने हात खाली भएको छ । कम्पनीको आईपीओमा १५ लाख १२ हजार ५३७ …

पुरा पढ्नुहॊस »

दशैंमा २० लाख जनाले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ । बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ-आफ्नो स्थायी घर फर्कने यात्रुको संख्या बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको संख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैं झण्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको संख्या कम थियो । …

पुरा पढ्नुहॊस »

नेपालबाट कहिले बाहिरिन्छ मनसुन ?

काठमाडाैँ । यो वर्षको मनसुन बाहिरिन अझै केही समय लाग्ने भएको छ । मौसमविद् विनु महर्जनले अक्टोबर २ मा बाहिरिनु पर्ने भए पनि यो वर्ष मनसुन केही दिन पछि धकेलिने देखिएको जानकारी दिइन् । मनसुन बाहिरिने मिति पनि अहिलेसम्म यकिन नभएको उनले बताइन् । मनसुन कायमै रहे पनि आगामी ३ दिनको मौसम सामान्य रहनेछ । बिहीबारसम्म देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै मेघ …

पुरा पढ्नुहॊस »

मेरो हत्याको षडयन्त्र हुँदैछ : इमरान खान

एजेन्सी । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’ को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’ मार्फत उनको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लगाए । मरियम पूर्व प्रधानमन्त्री नवाज सरिफकी छोरी हुन् । ‘धार्मिक कट्टरपन्थीमार्फत मेरो हत्या गर्न मरियम नवाज र उनका सहयोगीहरूले मेरो विरुद्ध सांप्रदायिकता र धार्मिक घृणाको प्रचार गरेका छन्’, खानले भने । आफूलाई मृत्युसँग डर नभएको उनले बताए । गत शनिबार …

पुरा पढ्नुहॊस »

गठबन्धनमा सिट बाँडफाँट सहमतिनजिक, कुन दललाई कहाँ ?

काठमाडौँ । पाँच दलीय सत्ता गठबन्धनबीच सिट बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । असोज १६ भित्र समानुपातिकतर्फका उम्मेदवारको प्रारम्भिक सूची संशोधनको अन्तिम समयसीमा रहेको र असोज २३ गते प्रत्यक्षतर्फको मनोनयनको समय रहेकाले गठबन्धनका मुख्य दलहरू पूर्ववत् अडानबाट पछि हट्दै सहमतिनजिक पुगेका हुन् । कार्यदलका सदस्यसमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयको चापका कारण मंगलबारसम्ममा सहमति गर्ने गृहकार्य भइरहेको बताए । ‘अब समय धेरै छैन, पार्टीभित्र उम्मेदवार चयनका लागि समेत समय …

पुरा पढ्नुहॊस »

अमेरिकी डलरको मुल्य इतिहासकै उच्च

काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ । विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ । यो दिन युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ …

पुरा पढ्नुहॊस »

घट्यो सुनचाँदीको मूल्य

काठमाडाैं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ११ …

पुरा पढ्नुहॊस »

रवीन्द्र मिश्र राप्रपामा प्रवेश गर्दै, बुधबार घोषणासभा हुने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टी छोडेका रवीन्द्र मिश्र समूहबीच एकता हुने भएको छ । मिश्रको नेतृत्वमा वृहत् ध्रुवीकरण पक्षधर समूहलाई राप्रपामा भित्र्याउने घोषणासभा आयोजना बुधबार हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । यसअघि मिश्रले स्थानीय निर्वाचनपछि विवेकशील साझाको अध्यक्ष र सोमबार साँझ विवेकशील साझाको साधारण सदस्यबाट राजीनामा दिएका थिए । मिश्रले विवेकशील साझामा ‘विचार माथि देश’ दस्ताबेज सार्वजनिक गरेपछि पार्टीमा विवाद बढेको थियो …

पुरा पढ्नुहॊस »