उपहारस्वरुप भारतले नेपाललाई दियो २०० वटा गाडी

काठमाडौं । भारतले नेपाललाई २०० वटा गाडी उपहारस्वरुप प्रदान गरेको छ । नेपालमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि २०० वटा गाडी नेपाललाई भारतले सहयोग गरेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तान्तरण गरेका हुन् । भारतले प्रदान गरेको २०० गाडीमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

टिभिएसको स्कुटर खरिद गरेकी गोदावरीले पाइन् शतप्रतिशत क्यास ब्याक

धनगढी । टिभिएसको ‘मेरो साथी’ योजना अन्तर्गत धनगढीकी गोदावरी ठगुन्नाले सय प्रतिशत क्यास ब्याक हात …

प्रतिकृया दिनुहॊस