गोंगबुको होटलमा महिलाको शव फेला, एक पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुमा एक महिलाको शव भेटिएको छ । मोरङको लेटाङ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो ।

ती महिला गोङ्गबुस्थित एक होटेलमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । महिला भुण्डिएको खबर आएपछि प्रहरीले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगेको थियो । तर, अस्पतालले उनलाई मृत घोषणा गरिदियो ।

ती महिला उक्त होटेलमा चन्द्रागिरि नगरपालिका– १५ का ३२ वर्षीय अनित कार्कीसँग बसेकी थिइन् । कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा पक्राउ गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री