News desk

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

काठमाडाैं । मुगुबाट सुर्खेतका लागि छुटेकाे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कालिकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो । मुगुबाट सुर्खेततर्फ जाँदै गरेको भे१च ४४१२ नम्बरको जीप आज दिउँसो कर्णाली राजमार्गमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । दुर्घटनामा मुगु गमगढीका २१ वर्षीय अक्कल विश्वकर्मा, २१ वर्षीय रमेश बुढा र २५ वर्षीय सुदर्शन सेजुवालको मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले जानकारी दिए । …

पुरा पढ्नुहॊस »

जसपाका नेता मोहम्मद इस्तियाक राईलाई स्पष्टीकरण

काठमाडाैं । जनता समाजावादी पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि बाँके क्षेत्र नं. २ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु) का विरुद्ध अपमानजनक अभिव्यक्ति दिएको उजुरीका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण पत्रमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय बाँकेमा प्राप्त हुनेगरी जवाफ पेश गर्न निर्देशन दिइएको छ …

पुरा पढ्नुहॊस »

निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देशहरू प्रवाह गरिदिन उद्योगी/व्यवसायीहरूलाई आयोगको आग्रह

काठमाडाैं । निर्वाचन आयोगले निजी क्षेत्रका उद्योगी/व्यवसायीहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनको प्रचारप्रसार एवं मतदाता शिक्षामा सहयोग गरिदिन आग्रह गरेको छ ।  आयोगको कान्तिपथस्थित कार्यालयमा ‘प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को सन्दर्भमा ‘निजी क्षेत्रसँग अन्तरक्रिया’ कार्यक्रम आयोजना गरेर आयोगले यस्तो आग्रह गरेको हो । निजी क्षेत्रका विभिन्न नेतृत्वदायी संगठन तथा व्यक्तिहरू सहभागी कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले ‘व्यवसायिक …

पुरा पढ्नुहॊस »

१० हजार युवालाई रोजगार दिने उमेश श्रेष्ठको घोषणा

काठमाडाैं । चितवन २ मा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार बनेका उमेश श्रेष्ठले चितवन २ मा १० हजार युवालाई रोजगार दिने घोषणा गरेका छन् । चुनाव प्रचार प्रसारका लागि घरदैलो गर्ने क्रममा उनले जनतासामु यस्तो वाचा गरेका हुन् । उनले चितवनमा राष्ट्रिय, बहुराष्ट्रिय उद्योगहरु भित्र्याएर, शक्तिखोर औद्योगिक क्षेत्र निर्माण गरेर हजारौं रोजगारी सृजना गर्ने बताए । इच्छाकामनाका पहाडहरुमा लघुउद्यम सञ्चालन गरेर यहाँको समग्र आर्थिक विकास र रोजगार सृजना गर्ने उनको …

पुरा पढ्नुहॊस »

५० लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै प्रभु बैंक

काठमाडौं । प्रभु बैंकका संस्थापक शेयरधनीले ५० लाख १६ हजार १९९ कित्ता शेयर बिक्री गर्ने भएका छन् । बैंकका आठजना संस्थापक शेयरधनीले शेयर बिक्री गर्न लागेका हुन् । यसमा २२ कात्तिकदेखि ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जानकारी गराएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले यसमा आवेदन दिन सक्ने छन् । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले १८० रुपैयाँलाई आधार मानेर सोभन्दा बढी मूल्य …

पुरा पढ्नुहॊस »

विवाहकाे माैसमसँगै आर्यन र बेनिषाले ल्याए ‘आउन राजा’

काठमाडौँ । मंसिर महिना लाग्ने बित्तिकै हिन्दु धर्म परम्पराअनुसार विवाहको मौसम आएको छ । शुभ मुहूर्तमा बाजागाजाका साथ वैदिक रीतले विवाह गर्ने हाम्रो सनातन परिपाटी रहेको पाइन्छ । हामीकहाँ विवाहलाई एक यस्तो बन्धन मानिन्छ, जो केवल शरीरको मात्र नभई मन र आत्माको पवित्र बन्धन हुन्छ । वैदिक संस्कृति अनुसार जीवनको महत्त्वपूर्ण सोह्र संस्कारमध्ये विवाह पनि एक हो । यस संस्कार बिना जीवन अपूर्ण मानिन्छ । हाम्रो मात्रै सभ्यतामा नभएर संसारभरकै …

पुरा पढ्नुहॊस »

फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो । फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्बभन्दा बढीको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तनसमेत आएको छ । फोनपेको …

पुरा पढ्नुहॊस »

सांग्रिला डेभलपमेन्ट बैंक र दराज प्रालिबीच डिजिटल पेमेन्ट पार्टनरसीप सम्झौता

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले दराजसँग ११.११ को अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन् । बैंकमा खाता रहेका ग्राहकले दराजद्धारा ११.११ को अवधिमा अनलाइन सामान खरिद …

पुरा पढ्नुहॊस »

पाँच ५ वर्षमा गरेका कामले मतदाताको मन जितेको छु : प्रकाशमान सिंह (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले आफूले मतदाताको मन जित्न सफल भएको दावी गरेका छन् । काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार सिंहले विगत ५ वर्षमा आफू नेतृत्वमा भएको भौतिक विकासले मतदाताको मन जितेको जिकिर गरे । मंगलबार बिहान चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले आफूलाई मतदाताले ३ पटकसम्म विश्वास गरेको तर सुरुको २ पटकको समय संविधान निर्माणको काममा व्यस्त हुनु परेको स्पष्ट पारे । संविधान र्निमाण पछि भने …

पुरा पढ्नुहॊस »

मंगलबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा गिरावट आएको छ । यस दिन छापावाल सुन प्रति तोला ९४ हजार रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजावी सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ८ सय रुपैयाँमा कारोबार …

पुरा पढ्नुहॊस »