News desk

आफूले सेयर बजार पारदर्शी बनाएको हमालको दाबी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो ११ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । सो अवधिमा लगानीको मनोबल बढाएको र बजार स्वच्छ, पारदर्शी, निष्पक्ष र प्रतिस्पर्धी भएको उहाँले दाबीसमेत गर्नुभएको छ । अध्यक्ष हमालले सर्वसाधारण लगानीकर्ताको संरक्षण गर्दै स्वच्छ, निष्पक्ष, पारदर्शी तथा प्रतिस्पर्धी धितोपत्र बजार तथा समग्र धितोपत्र बजारको विकास तथा विस्तार गर्दै राष्ट्रिय पुँजी निर्माणका लागि काम गर्ने बताउनुभएको छ । सो अवधिमा लगानीकर्ताले विकसित …

पुरा पढ्नुहॊस »

शारदा क्षेत्रीको ‘आफ्नै भए पनि’ सार्वजनिक

काठमाडौं । गायिका शारदा क्षेत्री ‘आफ्नै भए पनि’ गीत लिएर श्रोता-दर्शकमाझ आउनुभएको छ । शारदाको मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको भिडियो सार्वजनिक गरिएको हो । साहित्यकार कृष्ण अविरलका शब्द, संगीतकार तथा तबलाबादक जीवन राईको संगीत तथा एरेञ्ज रहेको गीत सार्वजनिक भएसँगै चर्चा सुरु भएको छ । सार्वजनिक गीत गायिका क्षेत्रीको ‘लय’ एल्बममा समावेश छ । जसमा ६ वटा गीत छन् । मकाउका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको गीतको …

पुरा पढ्नुहॊस »

बजार मागअनुसार सुन दिने गभर्नरको आश्वासन

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारको आवश्यकताअनुसार कच्चा सुनचाँदी उपलब्ध गराउन राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको प्रतिनिधमिण्डलसँगको भेटमा उहाँले बजारको आवश्यकताअनुसार सुनचाँदीजस्ता वस्तुको कच्चा पदार्थ उपलब्ध गराउने व्यवस्था गर्न राष्ट्र बैंक प्रतिबद्ध रहेको बताउनुभएको हो । सो अवसरमा गभर्नर अधिकारीले व्यवसायीसँग बजारमा सुनचाँदीको विद्यमान अवस्था, माग र आपूर्ति व्यवस्था, वितरण प्रणाली, खपत, पुराना सुनको रिसाइक्लिङलगायतका विषयमा जानकारी …

पुरा पढ्नुहॊस »

पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

काठमाडौँ । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ ।बैंकका  अनुसार २०७८ को पुस महिनामा यी क्षेत्रमा क्रमशः पाँच …

पुरा पढ्नुहॊस »

जग्गाको वर्गीकरण छिटो होस् : भूमि व्यवस्था मन्त्रालय

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्तरण हुन नसकिरहेका बेला मन्त्रालयले यस्तो अनुरोध गरेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले जग्गाको वर्गीकरण छिटो भएमा विकासको योजनाबद्ध प्रक्रिया र जनताले भोगिरहेका समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए । मन्त्रालयले मालपोत र नापी कार्यालयमार्फत स्थानीय …

पुरा पढ्नुहॊस »

संशयकाबीच प्रचण्ड भेट्न बालुवाटार पुगे ओली

काठमाडाैँ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । उनी बिहान साढे ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन् । अहिले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच वार्ता जारी छ । यसअघि हिजो पनि उनीहरुबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । सिंहदरबारको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि उपस्थिति थियो । प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच छुट्टै भेटवार्ता पछिल्लो पटक अस्ति बिहान बालुवाटारमा …

पुरा पढ्नुहॊस »

यस्तो छ हरियो तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । मंगलबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, नेपाली सुन्तला १६० रुपैयाँ तथा अनार, किवि र आभोकाडो ३०० रुपैयाँ, केरा दर्जनको १४० रुपैयाँ, अमला ६० रुपैयाँ र अम्बा १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २५ रुपैया, सेतो आलु र स्थानीय काउली २० रुपैयाँ, कागती १२० रुपैयाँ, …

पुरा पढ्नुहॊस »

जुम्लामा आगलागी हुँदा बालिकाको जलेर मृत्यु

काठमाडौँ । जुम्लाको एक घरमा आगलागी हुँदा एक १४ वर्षीया बालिकाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका-१ ठिन्केका लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रूपमा क्षति पुगेको छ । घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरू घर बाहिर भागे पनि बन्दना …

पुरा पढ्नुहॊस »

काठमाडौं उपत्यकाका तीन स्थानमा देखियो बर्डफ्लू

काठमाडौँ । उपत्यकाका तीन ठाउँमा कुखुरामा बर्डफ्लु फेला परेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ललितपुरको खुमलटार, काठमाडौँको नागार्जुन नगरपालिकाको रामकोट र तारकेश्वर नगरपालिकामा पालिएका कुखुरामा बर्डफ्लु सङ्क्रमण देखा परेको हो । बर्डफ्लू देखिएसँगै कुखुरा र अन्डा तथा दानाहरु नष्ट गर्ने काम भइरहेको पशु सेवा विभागले जनाएको छ। रामकोटमा ४ हजार ५९१ वटा कुखुरा र २ हजार २५५ वटा अन्डा नष्ट गरिएको छ । त्यसैगरी, तार्केश्वरमा ९४० वटा …

पुरा पढ्नुहॊस »

त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा स्ववियु निर्वाचनपछि (तालिकासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चैत १२ गतेदेखि गर्ने भएको छ । शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन …

पुरा पढ्नुहॊस »
This will auto close after