News desk

ताजिकिस्तानमा हिम पहिरोमा परी १० जनाको मृत्यु

एजेन्सी । ताजिकिस्तानमा बुधबार आएको हिमपहिरोमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको अर्ध स्वायत्त पूर्वी क्षेत्र गोर्नो–बदख्शानमा हिमपहिरोमा परी नौ जनाको मृत्यु भएको उक्त देशको विपत् व्यवस्थापन सेवाले जनाएको हो । विशाल पामिर पर्वतले घेरिएका कम जनसङ्ख्या भएको राजधानी दुशान्बे नजिकैको राजमार्गमा हिमपहिरोमा परी अन्य एक जनाको मृत्यु भएको छ । यसैबीच, ताजिकिस्तानका राष्ट्रपति एमोमाली रहमोनले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । पूर्व …

पुरा पढ्नुहॊस »

देशभर छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ । दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यो क्रम राति पनि जारी रहने छ । तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, …

पुरा पढ्नुहॊस »

अन्तिममा अञ्जुले क्याप्टेन कमललाई दिएकी थिइन् कमाण्ड (प्रतिवेदनकाे पूर्णपाठ)

काठमाडौँ । गएको माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ । पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा गठन भएको ५ सदस्यीय जाँचबुझ आयोगले प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनले विमान दुर्घटनामा पर्नुअघि विमानमा समस्या आएपछि कमाण्ड परिवर्तन भएको विवरण उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार मुख्य कमाण्ड दिने ठाउँ अर्थात् बायाँतर्फको सिटमा क्याप्टेन अञ्जु खतिवडा बसेकी थिइन् । दायाँतर्फ प्रशिक्षक क्याप्टेन कमल केसी बसेका थिए …

पुरा पढ्नुहॊस »

ग्यास सिलिन्डर पड्किँदा कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा घाइते, कीर्तिपुरमा उपचार हुँदै

काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा भण्डारीसहित उनकी आमा घाइते भएकी हुन् । दुवै जनालाई तत्कालै उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएको थियो । अस्पतालका डाक्टरहरूका अनुसार डा. भण्डारीको शरीरको करिब २५ प्रतिशत र आमाको शरीरको करिब ७० भागमा जलेर असर गरेको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राति नै कीर्तिपुरस्थित …

पुरा पढ्नुहॊस »

लघुवित्तहरूले अतिरिक्त सेवा शुल्क बापतको एक अर्ब ६० करोड फिर्ता गर्ने सहमति

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रूपमा लिएको एक अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स सङ्घ, लघुवित्त सङ्घ नेपाल लगायतको बैठकमा लघुवित्तहरूले वार्षिक १ दशमलव ५ प्रतिशत बढी सेवा शुल्क नलिने सहमति पनि भएको छ । त्यसैगरी एउटा ग्राहकले एक भन्दा बढी लघुवित्त संस्थाबाट ऋण लिन …

पुरा पढ्नुहॊस »

जापानमा शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार

टोकियो । एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिट्यान्स-आईएमइको संयुक्त आयोजनामा पहिलोपटक जापानमा नेपाल जापान शैक्षिक तथा व्यापार औद्योगिक अनलाइन सेमिनार सम्पन्न भएको छ । कार्यक्रमलाई ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एशिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, जेट्रो ओसाका (JETRO OSAKA), मोरिकोसान कम्पनी ,स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लबहाउस ग्लोबल रिपब्लिक लगायतको सहकार्यमा सम्पन्न गरिएको …

पुरा पढ्नुहॊस »

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीले भने- ‘गोंगबु घटनाको लुटपाटमा संलग्नलाई कारबाही गर्नुस्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न सुरक्षा अंगका प्रमुखहरूलाई निर्देशन दिएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कार्वाही गर्न निर्देशन दिए । प्रधानमन्त्रीले भने, ‘गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्री प्रचण्डसँग भेटेर मोबाइल व्यवसायीले मागे क्षतिपूर्ति

काठमाडौँ । मोबाइल व्यवसायीहरूले सरकारसँग नयाँ बसपार्क क्षेत्रमा १ फागुनमा भएको यातायात मजदुरको आन्दोलनका कारण भएको क्षतिको क्षतिपूर्ति माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्दै मोबाइल व्यवसायी सङ्घले गोङ्गबु बसपार्कको ल्होत्से मलमा सञ्चालनमा रहेको मोबाइल पसलहरूबाट भएको मोबाइल, ल्यापटपको चोरी र संरचना तोडफोडबाट अनुमानित ८ करोड बराबरको क्षति भएको जानकारी गराएको छ । प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा निर्धक्क व्यवसाय गर्न नसकिने परिस्थिति उत्पन्न भएको उल्लेख छ । …

पुरा पढ्नुहॊस »

बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ

काठमाडौँ । बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ परेकी छन् । उनी घरेलु हिंसाबाट आफू पीडित बनेको बताउँदै आएकी छन् । उनले रामेछापको मन्थलीका प्रदीप कठायतले यातना दिएको बताउँछीन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् । निषेधित क्षेत्रमा प्रदर्शन गर्न लाग्दा यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

क्रिकेटको ‘स्पट फिक्सिङ’मा १० जनालाई कारबाहीको सिफारिस

काठमाडौं । नेपाल टी-२० लिगमा भएको भनिएको ‘स्पट फिक्सिङ’ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सञ्जय सिंह थापाका अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामो अनुसन्धान गरी तयार पारेको रिपोट सरकारी कार्यालयलाई बुझाएको हो । प्रतियोगितामा स्पट फिक्सिङ गरेको आरोपमा नेपाली क्रिकेटर आदिल आलम, पूर्वक्रिकेटर महबुब आलमसहित ३ जना पक्राउ परिसकेका छन्, बाँकी ७ जनालाई पक्राउ वा मुद्दा चलाउन सिआइबीले सरकार वकिलको कार्यालयलाई …

पुरा पढ्नुहॊस »
This will auto close after