News desk

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।आज डलरको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा रहेको छ । युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »

चिकित्सक कुटपिट प्रकरण : देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

काठमाडौँ । राष्ट्रपतिको सवारीका बेला शुक्रबार प्रहरीले चिकित्सक कुटेको विरोधमा चिकित्सकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघले चिकित्सक कुटिएको घटनाको विरोध गर्दै आज देशभरका अस्पताल, मेडिकल कलेज, प्रतिष्ठान तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठीचार्जबाट शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह र वीर अस्पतालमा कार्यरत चिकित्सक डा. आलम घाइते भएका थिए । स्वास्थ्य जस्तो संवेदनशील …

पुरा पढ्नुहॊस »

आज कुन-कुन प्रदेशमा छ वर्षा र हिमपातको सम्भावना ?

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण आज केही प्रदेशमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो । आज (मंगलबार) बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु-कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी …

पुरा पढ्नुहॊस »

सवारीका क्रममा कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्छ : राप्रपा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सवारीका क्रममा कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्ने बताएकाे छ । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट सिकिस्त बनाएको घटनाले आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् । ‘शुक्रबार दिउँसो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिँडेको भन्दै बाटोमा हिँड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले …

पुरा पढ्नुहॊस »

को बन्ला विवेकशील साझाको नयाँ अध्यक्ष ?

काठमाडौँ  । विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा आज सम्पन्न हुँदैछ । लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको हिजोबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो । काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रवारबाट सुरु भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बास्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु …

पुरा पढ्नुहॊस »

टर्की/सिरिया भूकम्प : ज्यान गुमाउनेको संख्या २३ हजार नाघ्यो

एजेन्सी । टर्की र सिरियामा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ । गएको सोमबारको भूकम्पमा परी हालसम्म २३ हजार ७ सय जनाको ज्यान गएको पुष्टि भएको स्थानीय अधिकारीलाई उदृत गर्दै अलजजिराले जनाएको छ । धेरै मानिसहरु अझै पनि भग्नावशेषमा पुरिएको आशंकामा खोजी र उद्धार कार्य जारी राखिएको छ । हिमपात र चिसोका बाबजुद पनि उद्धारकर्मीले खोजी अभियानलाई जारी राखेका छन् । उद्धारकर्मीले भग्नावशेषबाट केहीलाई जीवितै उद्धार गरेका छन् …

पुरा पढ्नुहॊस »

राष्ट्रपति सवारीका बेला सडकमा हिँडेका चिकित्सकमाथि प्रहरीको लाठी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनित सिंह घाइते भएका छन् । शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए । डा. सिंहले आफू चिकित्सक भएको र …

पुरा पढ्नुहॊस »

भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो प्रतिबद्धता गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार गठन गर्नका लागि सबै दलहरूसँग छलफल र सहकार्य गर्ने पनि मुख्यमन्त्री शाहले बताएका छन् । उनले आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् । उनले लामो समय विद्यार्थी राजनीति गरेर आएकाले जनताले महसुस गर्ने …

पुरा पढ्नुहॊस »

न्याययिक पत्रकार मञ्चको अध्यक्षमा खडका निर्वाचित

काठमाडौं । संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको अध्यक्षमा कालिका खड्का चयन भएकी छन् । शुक्रबार काठमाडौंमा भएको अधिवेशनबाट राष्ट्रिय समाचार समितिमा कार्यरत खड्का अध्यक्षमा चयन भएकी हुन् । उपाध्यक्षमा भाषा शर्मा र दीपक खरेल, महासचिवमा निराजन पौडेल, सचिवमा शिल्पा कर्ण कोषाध्यक्षमा वासु खड्का र सदस्यहरूमा अर्जुन श्रेष्ठ र सविन धमला चयन भएका छन् ।

पुरा पढ्नुहॊस »

टाटा जेनभोल्टज जेनेरेटरको उत्साहजनक बिक्री

काठमाडौँ । टाटा मोटर्सले नेपाली बजारमा सार्वजनिक गरेको जेनभोल्टज जेनेरेटरले छोटो समयमा नै उपभोक्ताहरूको मन जित्न सफल भएको छ । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गका अनुसार सन २०२२ को बीचमा बिक्री वितरण सुरु गरेको टाटा जेनभोल्टज जेनेरेटरले छोटो अवधिमै नेपाली जेनेरेटर बजारको उल्लेखनीय अंश ओगट्न सफल भएको हो । कम्पनीकाअनुसार जेनभोल्टज जेनेरेटरको बिक्रीमा उत्साहजनक ढङ्गले वृद्धि भइरहेको छ । विभिन्न प्रयोजनहरूको लागि अत्यन्त उपयुक्त जेनभोल्टज जेनेरेटर उच्च रूपमा …

पुरा पढ्नुहॊस »
This will auto close after