कालिञ्चोक बजारमा आगलागी हुँदा नौं घर–पसल जले

काठमाडाैँ । दोलखाको कालिञ्चोक गाउँपालिका–९ कटुवाचौचर बजारमा आगलागी हुँदा ९ वटा घर पसल जलेर नष्ट भएका छन् । बुधबार राति ११:२५ बजेतिरबाट आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागीमा बजार क्षेत्रका ९ घर तथा पसल जलेर पूर्ण रूपमा नष्ट भएको दोलखाका प्रहरी नायब उपरीक्षक गंगाप्रसाद पौडेलले जानकारी दिए । बजार क्षेत्रमा लागेको आगलागी अझै पूर्णरूपमा नियन्त्रण आइनसकेको उनले जानकारी दिए । आगलागीमा केही चौपाया पनि जलेर मरेको उनले बताए ।

चरिकोटबाट गएको दमकल, जनपद, सशस्त्र,नेपाली सेना र स्थानीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । आगो कसरी लाग्यो र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरी जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वास मत लिन बोलाइएको बैठक कांग्रेस, राप्रपा र नाउपाले घेरेपछि…

काठमाडौं । मुख्यमन्त्री दीर्घबहादुर साेडारीले विश्वास मत लिन बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after