सुनको भाउमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको भाउले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ । सुनको भाउ आजपनि बृद्धि भएर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । बुधबार सुन प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

माघ महिनामै सुनको मूल्यले ३ पटक रेकर्ड राखिसकेको छ । फागुन १२ गते प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ पुग्दा पनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्यले नयाँ रेकर्ड बनाए पनि चाँदीको मूल्यले भने गत फागुन २५ गतेको रेकर्ड तोड्न सकेको छैन । गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after