News desk

देशभर छैन वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ । दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । यो क्रम राति पनि जारी रहने छ । तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंक र केड कम्पनीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंक र केड कम्पनीबीच सम्झौता भएको छ । सम्झौताअनुसार केड कम्पनीबाट सामान खरिद गर्दा डिजिटल भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट लाइफस्टाइल बैंकिङ युनिभर्स प्रमुख श्यामप्रसाद लामिछाने र केड कम्पनीतर्फबाट प्रबन्ध निर्देशक डिप्रिना शाक्यले हस्ताक्षर गरेका छन् । बैंकमा खाता खोलेर मोबाइल बैंकिङ, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशत …

पुरा पढ्नुहॊस »

३ बुँदे सहमतिपछि राकियो रुबी खानको आन्दोलन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाँकेकी एकल महिला निर्मला कुर्मीको बेपत्ता, अपहरण र हत्यासम्बन्धी मुद्दामा दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका महिलाहरूको माग सरकार संवेदनशील रहेको बताएका छन् । उनले सरकारले मुद्दाको गहिरो अनुसन्धान र अभियोजन गरी अदालती प्रक्रियामा पुर्‍याउन गृहसचिव, प्रहरी महानिरीक्षक र सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् । बाँकेबाट काठमाडौं आएर ४८ दिनदेखि माइतीघरको सडकमा धर्ना बसिरहेका महिलाहरूलाई मंगलबार बिहान बालुवाटारमा भेट र छलफलपछि प्रधानमन्त्री दाहालले …

पुरा पढ्नुहॊस »

श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

काठमाडाैं । आफ्नै श्रीमती २७ वर्षीया पार्वती बिसीको हत्या गरेको अभियोगमा गुराँस गाउँपालिका–८ माथिल्लोगार्जा बस्ने २८ वर्षीय कृष्णबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सामान्य वादविवाद हुँदा कृष्णले ढोकामा लगाउने काठको गरालोले टाउकोमा हान्दा पार्वतीको घटनास्थलमा नै मृत्यु भएको भन्ने खबर प्राप्‍त हुनासाथ जिल्ला प्रहरी कार्यालय दैलेख र प्रहरी चौकी लालिकाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

पुरा पढ्नुहॊस »

उत्कृष्ट ब्याटिंगसँगै नामिबियामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणीय सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा नेपालले नामिबियालाई २ विकेटले पराजति गर्दै विजयी शुरुवात गरेको हो । नामिबियाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा ठुलो रन चेज गरेर जित्दै नयाँ किर्तिमान समेत बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले शानदार शतकीय …

पुरा पढ्नुहॊस »

त्रिभुवन विमानस्थलबाट २३ किलो चरेशसहित १३ जना पक्राउ

काठमाडौं – त्रिभुवन विमानस्थलबाट अवैध लागुऔषध चरेससहित १३ जना पक्राउ परेका छन् । ३८ किलो चरेशसहित नेपालबाट बैंकक जान लागेको अवस्थामा मंगलबार दिउँसो ३ बजे पक्राउ परेकामा ७ जना नेपाली नागरिक, ४ जना थाई नागरिक र २ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । ती मध्य ३ जना थाइ महिला छन् । उनीहरूको साथबाट ३८ केजी चरेश र २० हजार ३० सय पिस नाइट्राभेट ट्याबलेट पनि बरामद गरिएको प्रहरीले जनाएको …

पुरा पढ्नुहॊस »

स्रोत नखुलेको १७ लाख भारुसहित एक जना पक्राउ

काठमाडाैं । महोत्तरी प्रहरीले स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–८ स्थित दशगजा क्षेत्र नजिकैबाट ज.६ प ६६६४ नम्बरको मोटरसाइकलको ट्यांकीमुनि लुकाएर राखेको अवस्थामा रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा मटिहानी–८ का २९ वर्षका महेश यादव रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तोष पोखरेलले जानकारी दिए । प्रहरी चौकी मटिहानी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले यादवलाई पक्राउ गरेको …

पुरा पढ्नुहॊस »

उपत्यकाबाहिर तीन स्थानमा खुल्यो भायानेटको शाखा

काठमाडाैं । भायानेट कम्युनिकेसन लिमिटेडले उपत्यकाबाहिर तीन स्थानमा नयाँ शाखा खोलेको छ । कम्पनीले मोरङको उर्लाबारी, तनहुँको आँबुखैरेनी र दाङको लालमटियामा नयाँ शाखा खोलेको हो । नयाँ शाखासँगै सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मज्जा लिन सकिने कम्पनीले जनाएको छ । तीनै स्थानमा कम्पनीले विशेष ओपनिङ अफर समेत ल्याएको छ। यो अफर अल्ट्राफाई प्याकेजमा पाइनेछ ।

पुरा पढ्नुहॊस »

नेपाल बर्बाद पार्न अनेक शक्ति क्रियाशील छन् : केपी ओली

काठमाडौं । प्रमुख सत्तासाझेदार एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद बनाउने शक्ति क्रियाशील रहेको बताएका छन् । काठमाडौंमा मंगलबारबाट सुरु भएको अनेरास्ववियुको राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले देश बर्बाद बनाउन भित्र र बाहिरका शक्ति क्रियाशील रहेको बताएका हुन् । पाँच दलीय गठबन्धन भत्काइएकोमा खुसी नहुन कार्यकर्तालाई आग्रह गरेका उनले संसदको बनावट अस्थिरता निम्त्याउने खालको रहेकाले अहिलेको अवस्था परिवर्तन हुन सक्ने संकेत व्यक्त गरे । देश बनाउने विषय सोझो …

पुरा पढ्नुहॊस »

महाभियोग टुङ्गो नलागे अर्को संसदमा लैजान सहमति

काठमाडौं । एउटा संसदमा टुङ्गो नलागेको महाभियोग प्रस्ताव अर्को संसद्मा लैजान सांसदहरू सहमत भएका छन् । आज सिंहदरबारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा प्रतिनिधिसभाको कार्यकाल ५ महिनाभन्दा कम भएर महाभियोग टुग्याउन नसके निर्वाचनपछि आउने संसद्ले स्वीकार्नु पर्नेमा समिति सदस्यहरू एक भएका हुन् । महाभियोग लगाउने प्रतिनिधिसभाको समय सकिएर काम पूरा नभए त्यसले गरेको कामको दायित्व निर्वाचित प्रतिनिधि सभामा सर्ने व्यवस्था गर्न लागिएको हो । महाभियोग लागिसकेपछि त्यसलाई टुंगोमा लागाउनुपर्ने …

पुरा पढ्नुहॊस »
This will auto close after