देउवाले बोलाए संसदीय दलको बैठक

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको ‘डेरा’ धुम्बाराहीमा बिहान ९ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारबारे छलफल हुनेछ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्षको निर्वाचनको मिति र समय नतोक्दा १ वर्षदेखि उक्त पद रिक्त थियो ।

यस्तै राष्ट्रपति चुनाव नजिकिँदै जाँदा कांग्रेसले माओवादी केन्द्रसँग निकटता थप बढाउने प्रयास गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री