News desk

पक्राउ परेका सांसद अरूण चौधरी जेल चलान

काठमाडौँ । आगजनीको घटनामा ६ महिना कैद सजाय सुनाइएका कैलाली-२ का सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको मुद्धामा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित चौधरी जेल चलान भएका हुन् । उनलाई प्रहरीले बिहीबार बाँकेबाट पक्राउ गरेकाे थियाे । आज बिहानै जिल्ला अदालत कैलालीमा पेश गरिएका चाैधरी अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएकाे अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । ‘१५५ को सुविधा लागि …

पुरा पढ्नुहॊस »

यस्तो छ आज हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ । समितिकाअनुसार शुक्रबार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ, हरियो अंगुर १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र आभोकाडो ३०० रुपैयाँ, अमला ६० रुपैयाँ, किवि ३०० रुपैयाँ र अम्बा ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको न्युनतम मूल्य हो । नेपाली ठूलो गोलभेडा ४० रुपैयाँ, अदुवा …

पुरा पढ्नुहॊस »

घरको डाक्टर सेवा चितवनमा पनि

काठमाडौं । घरमा दैनिकरूपमा देखिने समस्याको एकमुष्ट समाधानको उद्देश्यका साथ सञ्चालनमा आएको स्किल सेवाले चितवनमा पनि शाखा विस्तार गर्ने भएको छ । दक्ष, योग्य, विशेषज्ञ प्राविधिक जनशक्तिले हाइ-टेक डिभाइस प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने, समस्याको कारण पत्ता लगाउने र समस्या समाधान गर्नमा स्किल सेवा अग्रसर रहेको छ । विगत पाँच वर्षदेखि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा सेवा प्रदान गर्दै आएको कम्पनीले उपत्यकाबाहिर पोखरामा पनि विगत सात …

पुरा पढ्नुहॊस »

पक्राउ परेका सांसद चौधरीलाई आज अदालत बुझाइँदै

काठमाडाैँ । बाँकेको कोहलपुरबाट पक्राउ परेका सांसद (प्रतिनिधि सभा सदस्य) अरुण चौधरीलाई प्रहरीले अदालतमा उपस्थित गराउने तयारी गरेको छ । सार्वजनिक सम्पत्ति (ट्र्याक्टर)मा आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । उनलाई बिहीबार बाँकेबाट विमानमार्फत काठमाडौँ ल्याएर काठमाडौँबाट विमानमार्फत नै धनगढी पुर्‍याइएको थियो । बिहीबार चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीकी हिरासतमा रहे । जिल्ला प्रहरी कार्यालय कैलालीले …

पुरा पढ्नुहॊस »

अदिति श्रेष्ठले जितिन् ‘मिस ई-कलेज २०२३’ को उपाधि

काठमाडौं । काठमाडौँमा भएको ‘मिस ई-कलेज २०२३’ दशौं संस्करणको उपाधि भक्तपुर निष्ट कलेजमा अध्ययनरत १७ वर्षीय अदिति श्रेष्ठले जितेकी छिन् । सिजन मिडियाद्वारा बिहीबार आयोजित कार्यक्रममा १२ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले उपाधि लिन सफल भएकी हुन् । उनले मस्ट ट्यालेन्ट अवार्ड समेत जितेकी छिन् । साथै थाइल्याण्ड भ्रमणको लागि हवाई टिकट, लेटमिइनको तर्फबाट रु १० हजारको गिफ्ट भौचर र नेपाल एयरहोस्टेज एकेडेमीको तर्फबाट घडी उपहार प्राप्त गरेकी छिन् ।काठमाडौँको …

पुरा पढ्नुहॊस »

अपराध काण्डमा तानिँदै सांसद, कोही समातिए, कोही अझै फरार

काठमाडौँ । अदालतबाट दोषी ठहर भई ‘फरार सूची’मा रहेका सांसद एकपछि अर्को गर्दै प्रहरीको निगरानीमा पर्न थालेका छन् । तथ्यांक ‘अपडेट’ गरिँदै गर्दा ‘फरार सूची’मा रहेका उनीहरू धमाधम निगरानीमा पर्न थालेका हुन् । पछिल्लो समय हत्या अभियोगमा लामो समयदेखि ‘फरार सूची’मा रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी प्रहरीको खोजीमा छन् । उनलाई पक्राउ गर्न प्रहरीले देशभरका संयन्त्रलाई ‘सर्कुलर’ नै गरिसकेको छ । त्यस्तै, अदालतबाटै दोषी ठहर भई ‘ फरार …

पुरा पढ्नुहॊस »

सन्दीप आजदेखि बन्द प्रशिक्षणमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाइएको छ । नाबालिग बलात्कार आरोपमा पक्राउ परी रिहा भएका सन्दीपलाई बन्द प्रशिक्षणमा बोलाइएको हो । बन्द प्रशिक्षण बिहीबारदेखि हुने भनिएपनि बन्द प्रशिक्षण नभएकाले लामिछानेले प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई भेटेर फर्किएका थिए। नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा गर्ने निर्णयसँगै सम्भवतः आजबाट लामिछाने बन्द प्रशिक्षणमा सहभागी हुनेछन् । यता, नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च …

पुरा पढ्नुहॊस »

मिस नेपाल २०२३ को आवेदन खुला, सातै प्रदेशबाट अडिसन हुने

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला भएको छ। आयोजक द हिडन ट्रेजरले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो। प्रतियोगितामा सहभागी हुन योग्यता पुगेका इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्नेछन्। यसपटक सातै प्रदेशबाट प्रत्यक्ष अडिसन हुने भएको छ।

पुरा पढ्नुहॊस »

नेपाल एयरलाइन्सको टिकट ई-सेवाबाट काट्न सकिने

काठमाडौं । नेपाल वायु सेवा निगमले नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै आजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई-सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो । एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, …

पुरा पढ्नुहॊस »

बजेट संशोधनको तयारीमा अर्थमन्त्री पौडेल

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष (आव) २०७९-८० को बजेटको आकार घटाउने तयारी थालेका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको चुनावलक्षित बजेट पूर्णरूपमा कार्यान्वयनमा जान नसक्ने निष्कर्ष निकाल्दै त्यसलाई संशोधन गर्ने तयारीमा पौडेल लागेका हुन् । अर्थ मन्त्रालयले छिट्टै चालू आवको बजेटको अर्धवार्षिक समीक्षा गर्दै छ । माघभित्रै अर्धवार्षिक समीक्षा हुने र सोही बेला बजेट संशोधनको तयारी भएको अर्थमन्त्री निकट स्रोतले बतायो । ‘विगतमा …

पुरा पढ्नुहॊस »
This will auto close after