यार्सा टिप्न अाएका मगरकाे हत्या

डोल्पा । डोल्पाको हिमाली यार्सापाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको छ । मगर हरेक वर्ष यार्सा टिप्न यहाँ आउने गर्थे । मृतक कर्ण पुनमगरका साथमा ७५ हजार नगद भेटिएको प्रहरीले जनाएको छ । मगरको शव जिल्ला सदरमुकाम पु¥याउन एक हप्ता लाग्ने प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री