क्रोएशियाले नाइजेरियालाई २-० ले हरायो

फिफा विश्वकपमा समूह डीको दोस्रो खेलमा क्रोएशियाले नाइजेरियालाई २० ले हराएको छ । खेलकाे ३२ औं मिनेटमानाइजेरियाका एटेबोले आत्मघाती गोल गरेपछि क्रोएशिया अगाडि रहयो । त्यसपछि ७१ औं मिनेटमा लुका मोडि्रचले पेनाल्टीमार्फत गोल गरे ।

फिफाको तालिकामा क्रोएशिया २० औं र नाइजेरिया ४८ औं स्थानमा छन् । क्रोएशियाले हालसम्म चार पटक विश्वकपमा भाग लिएको छ । यसक्रममा १७ खेल खेलेको उसले ८ मा जित र ७ मा हार व्यहोरेको छ । दुई खेल ड्र भएको छ ।

यसैगरी नाइजेरियाले विश्वकपमा ६ पटकसम्म भाग लिएको छ । उसले १९ म्याच खेल्दा केबल ५ मा जित निकालेको छ । ११ खेल हार्दा ३ खेल बराबरी भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री