स्याङजाका २२ सहित गण्डकी प्रदेशमा थपिए ३७ जना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान दिएको अपडेट अनुसार गण्डकी प्रदेशका चार जिल्लाका ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नयाँ संक्रमितमा स्याङजा जिल्लाका २२ जना रहेका छन् भने पर्वत जिल्लाका १३ जना रहेका छन् । त्यस्तै तनहुँ र नवलपुरका एक एक जना रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८८ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपा महामन्त्री मुकुल ढकालको मुखमा कालो टेप, बोल्न पाउने अधिकार हनन

काठमाडौं । बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् । ‘बैठक लाइभ नगर्ने निर्णय गरिएकाले आफ्नो लोकतान्त्रिक अधिकार, बोल्न पाउने अधिकार हनन् भएकाले पार्टी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थिति जनाइराखेको छु,’ उनले भने ।

प्रतिकृया दिनुहॊस