नेपालमा थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुग्यो

काठमाडौं । नेपालमा आज थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप ४६३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ ।

त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३ हजार १३  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप