Tag Archives: mainnews

कोरोनाबाट मेडिसिटीमा अस्पतालमा उपचाररत १ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट मेडिसिटीमा अस्पतालमा उपचाररत  १ जनाको   मृत्यु भएको छ । कीर्तिपुर ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरूषको कोरोना  संक्रमणबाट  मृत्यु भएको छ। उनको सोमबार बिहान  ६ बजे मृत्यु भएको हो । ती पुरूषलाई गत साउन १५ गते मेडिसिटीमा भर्ना गरिएको थियो।  त्यसपछि उनको  स्वाब परीक्षण गर्दा  कोरोना पुष्टि भएको हो।  मृतक मधुमेहको  रोगबाट पिडित थिए ।

पुरा पढ्नुहॊस »

मृत्युपछि ४५ वर्षीया महिलामा कोरोना पुष्टि, वीरगंजमा थपिए २२ नयाँ संक्रमित

काठमाडौं । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पताल गण्डकमा उपचारको क्रममा मृत्यु भएबी ४५ वर्षीया महिलाका कोरोना पुष्टि भएको हो । उनको शनिबार राती मृत्यु भएको थियो । मृत्युपछि नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको हो । उच्च रक्तचाप र थाइराइडको विरामी उनलाई श्वास प्रश्वासमा समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएको थियो । थप २२ जनामा कोरोना पुष्टि …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड नाघ्यो, ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड २३ लाख नाघेको छ भने ७ लाख ३३ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड २३ लाख ५ सय २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकको निर्देशन- ‘कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउनु’

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई घरबाटै काम गर्ने तथा आलोपालो कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको छ । कोभिड १९ को जोखिम बढरिहँदा बैंकका कर्मचारीहरु पनि संक्रमित भइरहेको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्न निर्देशन दिएको हो । कर्मचारीहरुलाई जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै आलो पालो उपस्थित भई काम गर्ने व्यवस्था मिलाउन तथा घरमै बसेर कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन केन्द्रीय बैंकले निर्देशन …

पुरा पढ्नुहॊस »

यी ४ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । अहिले देशका अधिकांश भू-भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका केही स्थानहरुमा बर्षा भईरहेको छ । मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिण तर्फ अवस्थित रहेकाले वर्षा भएको हो । दिउँसो देशभर सामान्य बदली रही देशका केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना । प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत …

पुरा पढ्नुहॊस »

नेपालको जवाफ- ‘बुद्ध नेपालमा जन्मिएका हुन्, यो विवादको विषय होइन’

काठमाडौं । बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको कुरा भएकाले यो बहसको विषय हुन नसक्ने परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले बुद्ध महान भारतीय भनेर अभिव्यक्ति दिएपछि परराष्ट्रले यसबारे प्रतिक्रिया दिएको हो । ‘ऐतिहासिक र पुरातात्विक प्रमाणहरुबाट बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन् भन्ने तथ्य स्थापित भइसकेको छ,’ परराष्ट्रका प्रवक्ताले भनेका छन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी युनेस्कोको विश्व सम्पदा सूचीमा पनि समावेश छ ।’ सन् २०१४ मा भारतीय प्रधानमन्त्री …

पुरा पढ्नुहॊस »

[विचार] आजका नारी

संगिता बराल । आमा भन्नुहुन्छ, ‘‘हाम्रो पालामा आनन्द थियो, हाम्रो जिम्मेवारी चुलोचौको र घर व्यवहारमा सीमित हुन्थ्यो, तर अहिले समय परिवर्तन भईसकेकोछ, आजका नारी परिवर्तनका संवाहक भएका छन् ।” आमा अगाडी थप्नु हुन्छ, चुलोचौको र घर व्यवहार चलाउन तिमिहरुले त्यो त बिराशत पाएको हौ, साथमा आर्थिक भार वहन गर्न बाहिरी संसारसँग जुध्ने काम थप भएको छ ।” हुनपनि हो, छोरा समान शिक्षा पाएका छोरीहरु अहिले चुलोचौकामा मात्र सीमित भएका छैनन्, …

पुरा पढ्नुहॊस »

उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार आइतबार थपिएकामध्ये काठमाडौं उपत्यकामा ९२ जना छन् । काठमाडौंमा ९० र ललितपुरमा २ जना गरी ९२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४० जना डिस्‍चार्ज भएसँगै …

पुरा पढ्नुहॊस »

कोरोनाबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ९१ पुग्यो

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ। शनिबार साँझसम्म नेपालसहित विभिन्न देशमा कोरोनाभाइरसबाट २६४ नेपालीको मृत्यु भयो। गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा सङ्क्रमण देखिएको छ। गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई लगायतमा कोरोना सङ्क्रमणको दरमा कमी आएको छ। अष्ट्रेलियामा मात्र यो साता १४६ नेपालीमा नयाँ सङ्क्रमण …

पुरा पढ्नुहॊस »

पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । उनी पोखरा महानगरपालिका-१९ निवासी हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार मृत्यु भएका वृद्ध डाइयबिटिजका बिरामी थिए । गएको १७ साउनमा कोरोना पोजिटिभ देखिएपछि उनलाई आइसीयुमा राखेर उपचार भइरहेको थियो । पोखरा स्वास्थ्य विज्ञान …

पुरा पढ्नुहॊस »