बाँकेमा प्रहरीले चलायो गोली

काठमाडौं । बाँके प्रहरीले एक फरार प्रतिवादी पक्राउ गर्न गोली प्रहार गरेको छ । गोली प्रहार गरी फरार प्रतिवादीलाई बाँके प्रहरीले नियन्त्रणमा लिएको हो ।

डुडुवा गाउँपालिका–६ सिखनपुरुवाका डाँका चोरी मुद्दाका फरार प्रतिवादी अन्दाजी ५५ वर्षीय सरमानसिंह सरदारलाई बिहीबार बिहान प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।

प्रहरीले सिखनपुरवाबाट सरदारलाई पक्राउ गरी हत्कडी लगाएर ल्याउँदै गर्दा स्थानीय प्रतिकारमा उत्रिएको र त्यसक्रममा झडप भएको थियो । झडपका क्रममा हतकडीसहित सरदार भागेको र नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गर्‍यो । स्थानीयले प्रहरीको हतियार समेत खोस्ने प्रयास गरेको र स्थिति असामान्य भएपछि तीन राउण्ड गोली चलाएको प्रनाउ डाँगीले जानकारी दिए ।

प्रहरीले हतकडीसहित भाग्दै गरेका सरदार र हतियार खोस्न अघि सरेका नानकसिंह सिखलाई गोली हानी नियन्त्रणमा ल्याएको बताएको छ । प्रहरीका अनुसार सरदारलाई दायाँ घुडामुनी र नानकसिंह सखलाई दायाँ खुट्टाको साप्रामा गोली लागेको छ । झडपकै क्रममा स्थानीयले हानेको ईट्टा प्रहारबाट ईलाका प्रहरी कार्यालय हिरमिनियामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मदन डाँगी पनि घाइते भएका छन् ।

डाँगीको टाउकोमा र बायाँ हातमा चोट लागि घाइते भएको प्रहरीले जनाएको छ । हवल्दार डाँगीसहित घाइते तीनै जनाको भेरी अस्पतालमा उपचार भइरहेको र घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहान ८ः३० बजेको समयमा उक्त घटना घटेको र बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीको कमाण्डमा जिल्लाबाट थप ३५ जना प्रहरीको टोली खटिई आधा घण्टापछि ९ बजेको समयमा सरदारलाई नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस