कोरोना अपडेट : विश्वभर १ करोड २५ लाख ४३ हजारभन्दा धेरै निको भए

काठमाडौं । विश्वभर एकैदिन १ लाख ९७ हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै १ करोड २५ लाख ४३ हजार ७१३ जना संक्रमणमुक्त भएका छन् ।

आज बिहानसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । एकै दिन २ लाख ८३ हजार ९ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ९५ लाख ३९ हजार ७४८ पुगेको हो ।

यस्तै एकै दिन ६ हजार ४४८ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ लाख २३ हजार ९९१ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस