जंगली च्याउ खाँदा भीमफेदीमा परिवारका सात जना बिरामी, एकको अवस्था गम्भीर

काठमाडौं । जंगली च्याउको तरकारी खाँदा मकवानपुरमा एकै परिवारका सात जना बिरामी परेका छन् । जसमध्ये एकको अवस्था गम्भीर छ ।

बुधबार साँझको खानामा जंगली च्याउको तरकारी पकाएर खाँदा भीमफेदी गाउँपालिका– ६ उर्लाघारीका ६५ वर्षीया मंगलीमाया स्याङ्तानको परिवारका सात जना बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मंगलीमायासहित उनका ३२ वर्षका छोरा बुद्धिबहादुर स्याङ्तान, बुहारी ३० वर्षकी पासाङ स्याङ्तान र ७ वर्षका छोरा लासाङ स्याङ्तान बिरामी परेका हुन् ।

त्यस्तै बुद्धिबहादुरका दाजु बुद्ध स्याङ्तानकी १९ वर्षकी छोरी लक्ष्मीमाया स्याङ्तान, १५ वर्षीया पार्वती स्याङ्तान र ७ वर्षीया आरती स्याङ्तान पनि च्याउको तरकारी खाएर बिरामी परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवंम् प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । बुद्धिबहादुरका छोरा लासाङको अवस्था भने गम्भीर छ । बाँकीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

बिरामीमध्ये मंगलीमाया र लक्ष्मीमायालाई थप उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल पठाइएको छ । अन्य बिरामीको मकवानपुरस्थित हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए । पछिल्लो समय मकवानपुरमा जंगली च्याउ खाँदा बिरामी हुनेको संख्या बढेको छ । बुधबार ७ जना बिरामी थपिएसँगै असार लागेयता मकवानपुरमा च्याउ खाएरै २८ जना बिरामी भएका छन् भने तीन जनाको मृत्यु समेत भैसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस