एमालेका मन्त्रीले राजीनामा दिएपछि ८ मन्त्रालयको जिम्मेवारी प्रचण्डलाई

काठमाडौं । एमालेले सम्हालेका ८ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हाल्ने भएका छन् ।

सरकारलाई दिएको समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी ८ जना मन्त्रीहरूले संयुक्त रूपमा राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रचण्ड आफैले सम्हाल्ने राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपंक्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका थिए ।

उनीहरूले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति रामचन्द्र पौडेलले उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरि तोकेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

संसद् फेस गर्ने आँटेका प्रधानमन्त्रीसँग कति छ मत ?

काठमाडौं । फेरि कुनै ‘राजनीतिक चमत्कार’ नभए अहिलेकै अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा …

प्रतिकृया दिनुहॊस