यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य …
पुरा पढ्नुहॊस »मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको ज्यान गयाे
ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट भएकाे छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ। विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन्। मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन्। घटनामा थप दुई घाइतेका भएका छन्। घाइतेको पहिचान हुन सकेको छैन। थप विवरण आउन बाँकी छ।
पुरा पढ्नुहॊस »गरिबी उन्मूलनको अभियान थालनीमा शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ: प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन्। साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतकाे प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे। नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः १८३ जनामा संक्रमण पुष्टि, ६४९ जना संक्रमण मुक्त
पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३१ पुगेको …
पुरा पढ्नुहॊस »महाधिवेशन कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ: प्रधानमन्त्री देउवा
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे। निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले भने, ‘समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकिएकै मितिमा हुन्छ।’ कसैको पनि …
पुरा पढ्नुहॊस »उदयपुरमा भिषण आगलागीः एक करोड ५० लाखकाे क्षति
जिल्ला सदरमुकाम गाईघाट बजारको डिएमगेट नजिकैको मुख्य सडकखण्डस्थित एक मोटरसाइकल रिकन्डिशन हाउसमा गए राति आगलागी हुँदा एक करोड ५० लाखभन्दा बढीको क्षति भएको छ। विद्युत् सर्ट भई रौतारानी सप्लायर्समा आगलागी हुँदा त्यहाँ रहेका ५० भन्दा बढी मोटरसाइकलसहित अन्य विभिन्न उपकरण जलेर नष्ट भएको सञ्चालक राजकुमार राउतले बताए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले आगलागी भएको खबर प्राप्त हुनासाथ आगो निभाएको जानकारी दिए। थप विवरण आउन बाँकी छ।
पुरा पढ्नुहॊस »नेपाल संवत् ११४२ आजदेखि सुरु
आज नेपाल संवत् ११४२। नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन्। एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसकाे सम्मानमा नेपाल संवत् मनाउन लागिएकाे हाे। सरकारले शंखधरलाई राष्ट्रिय विभूति घाेषणा गरेकाे छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ। नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतकाे चन्द्रमासिक गणनाको …
पुरा पढ्नुहॊस »लक्ष्मीपूजाको दिन पनि नेपालमा मागभन्दा बढी बिजुली
यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत् आपूर्तिको व्यवस्थापन गरेको थियो । प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सभा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ । गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो ।
पुरा पढ्नुहॊस »कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति
कोरोना उपचारका संसारमै पहिलो पटक खाने चक्की औषधिलाई बेलायती औषधि नियामक निकायले स्वीकृत गरेको छ । बिबिसीका अनुसार लक्षण देखिएका कोरोना संक्रमितका लागि बनाइएको उक्त गोटी औषधिको नाम मोल्नुपिराभिर हो । भर्खरै संक्रमित भएका गम्भीर बिरामीलाई यो औषधि दिनको दुईपटक दिइन्छ ।
पुरा पढ्नुहॊस »यमपञ्चककाे चाैंथाे दिन आज गोवर्द्धन पूजा गरिँदै
कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी …
पुरा पढ्नुहॊस »