k|d b]pjf ;Daf]wg sf7df8f}F, !( sflQs M nlntk'/sf] kf6gdf cfof]lht g]kfn ;Djt !!$@ sf] pknIodf ;f+:s[lts z'esfdgf ¥ofnLdf /fli6«o lje"lt z+vw/ ;fVjfMsf] y/nfO{ wSn]/ z'ef/DekZrft ;Daf]wg ub}{ k|wfgdGqL z]/axfb'/ b]pjf . t:jL/ M /f]zg ;fksf]6f÷/f;;

गरिबी उन्मूलनको अभियान थालनीमा शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन्।

साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतकाे प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे।

नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गरेकाे बताए। राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचार–प्रसार गर्ने र नेपाल संवतकाे ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो।

प्रधानमन्त्री देउवाले साख्वाःको योगदान जनतासम्म पुग्ने मात्र होइन् धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण भई हाम्रा सांस्कृतिक परम्पराको महत्व पनि प्रष्ट हुने विश्वास व्यक्त गरे। नेपाल संवत् ११४२ न्हुदँको उपलक्षयमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उनको अनुकरणीय योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पुर्याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस