नेपाल संवत् ११४२ आजदेखि सुरु

आज नेपाल संवत् ११४२। नेवार समुदायले नेपाल संवत्लाई आफ्नो नयाँ वर्षको रूपमा मनाउने गरेका छन्।

एघार सय ४२ वर्ष अगाडि शंखधर साख्वाले गरिब जनताको ऋण मोचन गरेकाले त्यसकाे सम्मानमा नेपाल संवत् मनाउन लागिएकाे हाे। सरकारले शंखधरलाई राष्ट्रिय विभूति घाेषणा गरेकाे छ।

नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।

नेवार समुदायमा चाड पर्व, रीतिथितिलगायत धार्मिक तथा सांस्कृतिक कार्यमा नेपाल संवतकाे चन्द्रमासिक गणनाको प्रचलन छ। साथै नेवार समुदायले आफ्नो खलक पुचः गुठीलगायतका क्षेत्रमा पनि नेपाल संवतको प्रयोग गर्दै आएका छन्।

शंखधर साख्वाले गरेका कामको उच्च कदर गर्दै २०५५ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभुति घोषणा गरेका थिए।

नेपाल संवत् ११४० अर्थात् १ साउन २०७७ देखि लागू हुने गरी ललितपुर महानगरपालिकाले न्यायिक मामिलाहरूमा बाहेक अन्य सबै कामकाजमा विक्रम संवत्सँगै नेपाल संवतकाे अनिवार्य रूपमा प्रयोग गर्ने निर्णय गरेको थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भीरबाट कार खस्दा अचेत अवस्थामा भेटिएका तीन जनाको परिचय खुल्यो

काठमाडौं । मकवानपुरमा कार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान …

प्रतिकृया दिनुहॊस

This will auto close after