कोरोनाको पहिलो खाने औषधिलाई बेलायतले दियो स्वीकृति

काठमाडौँ । बेलायतले कोरोनाविरुद्धको खाने क्याप्सुललाई अनुमति दिएको छ । अमेरिकी औषधि कम्पनि मार्क र रिजबैंक बायोथेराप्यक्टिक्सले संयुक्त रुपमा बनाएको खाने औषधिलाई बेलायतले प्रयोगको अनुमति दिएको हो ।

बेलायतको मेडिसिन एण्ड हेल्थकेयर प्राधिकरण एमएचआरएले मोल्नुपिराभिर नाम गरेको यस खाने क्याप्सुललाई प्रयोगको अनुमति दिएको छ । यस क्याप्सुललाई कोरोना संक्रमण भएको पाँच दिन भित्र खान सकिने बताइएको छ ।

यस क्याप्सुललाई कोरोनाविरुद्ध विश्वमै खाने पहिलो औषधी भएको बताइएको छ, जसले प्रयोगको अनुमति पाएको छ । बेलायतपछि यस औषधिलाई पनि अनुमति दिने तयारी गरिएको मिडिया रिपोर्टमा जनाइएको छ ।

यस मोल्नुपिराभिरको क्लिनिकल ट्रयालको नतिजा अनुसार कोरोना संक्रमितको मृत्युको सम्भावनालाई आधा कम गर्ने बताइएको छ । बेलायतमा यस औषधिलाई लागेवरियो नाम दिइएको छ भने अहिले कोरोना संक्रमण बढिरहेका बेला यसको प्रयोग प्रभावकारी हुने बेलायतका अधिकारीहरुले बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप