Tag Archives: mainnews

न्युनचापीय प्रणालीको प्रभाव, देशभर आंशिक बदली

नेपालमा अरब सागरमा विकसित भइरहेको न्युन चापीय प्रणालीको प्रभाव परेको छ। जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २८ गते बस्दै

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक कात्तिक २८ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी बैठक कात्तिक २८ गते आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिएका हुन्। बैठकमा उपस्थितिका लागि पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यलाई आमन्त्रण गरिएको छ। बैठकमा मुलुकको समसाययिक राजनीति विषय र पार्टीको १४औँ महाधिवेशनको बारेमा छलफल हुने बताइएको छ।

पुरा पढ्नुहॊस »

मुलुकलाई समृद्ध बनाउन एमाले कटिबद्ध छः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई संरक्षण गर्दै मुलुकलाई समृद्ध बनाउन आफ्नो पार्टी कटिबद्ध भएको बताएका छन्। एमालेको कर्णाली काठमाडौँ सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले एमाले नभएको भए विसं २०१७ सालमा झैँ अहिले पनि व्यवस्था र संविधानलाई च्यातेर फाल्ने काम भइसक्ने टिप्पणी गरे। उनले एमाले शक्ति मुलुकमा रहेकै कारण नयाँ संविधान जारी भएको चर्चा गर्दै संविधानको रक्षा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः १४३ जनामा संक्रमण पुष्टि, ५६३ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ५६३ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८० जनाको पीसीआर परीक्षण गर्दा १४१ जना र ३५३ जनाको एन्टिजेन परीक्षण गर्दा २ जना गरी १४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४४८ पुगेको छ। कूल …

पुरा पढ्नुहॊस »

सल्यान बस दुर्घटना अपडेट: मृतककाे संख्या १२ पुग्याे

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ। शनिवार बिहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै तिव्रगतिमा थियो। मृतक भएका १२ जना मध्ये १० महिला २ पुरुष रहेका छन्। तीन जनाको परिचय …

पुरा पढ्नुहॊस »

मिथिला क्षेत्रमा छठपर्वको तयारी सुरू

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ। दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका छन्। अहिले जनकपुरधामसहित सम्पूर्ण तराई–मधेसका प्रमुख बजारमा निकै चहलपहल बढेको छ। लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठपर्व विधिवतरूपमा आरम्भ हुन्छ। छठ पूजाका लागि चाहिने सामग्री, हरिया तरकारी र फलफूल किन्नेको निकै भीडभाड देखिएको छ। खासगरी छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, …

पुरा पढ्नुहॊस »

सल्यानमा बस दुर्घटना, नौ जनाकाे मृत्यु

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संख्या नौ पुगेको छ। दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो। उक्त बसमा ३० जना यात्रु सवार थिए। बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ। घाइतेहरूका अनुसार बस निकै नै …

पुरा पढ्नुहॊस »

राष्ट्रपति भण्डारीलाई भेट्न ओली शीतल निवासमा

प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका छन्। आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुगेका हुन्। चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा पुगेका हुन्।  

पुरा पढ्नुहॊस »

२० महिनादेखि बन्द ईपीएस मंसिरदेखि खुल्दै

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ । महामारी रोकथामका लागि भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो नोभेम्बर अर्थात् मंसिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो ।

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशन : सय भोटिङ मेशिन प्रयोग हुने, एकै दिन मतदान र परिणाम

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व छनोटका लागि एक सय वटा इलेक्ट्रोनिक भोटिङ मेशिन (इभिएम) को प्रयोग गरिने भएको छ । महाधिवेशनमा एक दिनमै मतदान र परिणाम सार्वजनिक गर्ने गरी तयारी भएको जनाइएको छ ।

पुरा पढ्नुहॊस »