नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन्। आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन्। बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन्। उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुन सक्ने भन्दै बन्दसत्र …
पुरा पढ्नुहॊस »जाजरकोट बस दुर्घटना: घाइतेलाई हेलिकप्टरबाट उपचारका लागि नेपालगन्ज लगियो
नेपालगन्जदेखि राडिबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रि बस जाजरकोटमा राति दुई बजे दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। कुशे-९ जाजरकोटकी १८ वर्षीया अनिला नेपाली र आठबिसकोट ५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाहीको मृत्यु भएको छ। २९ जना घाइतेको उद्धार गरिएको थियो । बस दुर्घटनाका गम्भीर घाइते ६ जनालाई हेलिकप्टरबाट थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचार हुन नसकेपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज …
पुरा पढ्नुहॊस »एमाले महाधिवेशन : ३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या
काठमाडाैँ । नेकपा एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ । भोटिङ मेसिनले २२५ जनाको मात्रै रिजल्ट देखाउने भएपछि निर्वाचन गराउन समस्या देखिने भएको हो । पोलिटब्युरो सदस्य अरुण नेपालका अनुसार यसअघिको विधानमा व्यवस्था भएअनुसार केन्द्रीय कमिटीमा २२५ जना रहन्थे । त्यहीअनुसार मेसिनको व्यवस्था गरिएको थियो । तर, अहिले केन्द्रीय कमिटी ३०१ पुगेपछि भोटिङ मेसिनको सफ्टवेयर परिवर्तन गर्नुपर्ने भएको छ । त्यसका लागि समय लाग्ने देखिएको हो ।
पुरा पढ्नुहॊस »जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते
काठमाडौँ । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । जरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस दुर्घटनामा परेको छ । बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट …
पुरा पढ्नुहॊस »दक्षिण अफ्रिका हुँदै नेपाल आउनेलाई एक हप्ता क्वारेन्टिन अनिवार्य
काठमाडाैँ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरिअन्ट नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नयाँ भेरिअन्टको जोखिमका कारण दक्षिण अफ्रिका हुँदै नेपाल आउने यात्रुलाई अनिवार्य रुपमा एक हप्ता क्वारेन्टिन राख्ने विषयलाई मन्त्रालयले कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विश्वको जुनसुकै कुनामा नयाँ भेरिअन्ट देखापर्दा नेपालमा पनि उत्तिकै …
पुरा पढ्नुहॊस »कांग्रेसको महाधिवेशन प्रचारप्रसार समितिलाई पूर्णता
१४औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रचारप्रसार समितिले पूर्णता पाएको छ। पार्टी प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित १४औं महाधिवेशन प्रचारप्रसार समितिलाई शनिबार पूर्णता दिइएको हो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार केन्द्रीय कार्यसमितिका सदस्यहरू जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरू अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलीप राई सदस्य रहने गरी प्रचारप्रसार समिति बनेको छ। यसैगरी सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं …
पुरा पढ्नुहॊस »ओलीले एमालेको नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?
काठमाडाैँ । चितवनमा जारी नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा आइतबार केपी ओलीले नयाँ नेतृत्वको नामावली सार्वजनिक गर्ने भएका छन् । विरोधका बीच टुङ्गिएको पहिलो दिन शनिबारको बन्द सत्रले ओलीलाई एमालेका नयाँ पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली तयार पार्ने सम्पूर्ण अधिकार दिएको हो । यसअनुसार उनले आज आइतबार पुनः हुने बन्द सत्र भेलामा अनुमोदनका लागि नयाँ नेतृत्वको सूची पेस गर्ने भएका हुन् । शनिबार राति अबेरसम्म जारी बन्द सत्रमा …
पुरा पढ्नुहॊस »कांग्रेस इलामकाे सभापतिमा डम्बर खड्का निर्वाचित
नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्। खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन्। १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए। १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए। खड्का कांग्रेस …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २१३ जना सङ्क्रमित थपिए, ३२५ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ६३२ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २० हजार ७२४ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४६८ जना रहेको छ। आज ३२५ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »१४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्छः नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उनले पार्टीमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका हुन्। नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्लेख गरे। विसं २०७२ मा निर्माण भएको संविधानको नेतृत्व गरेको कांग्रेसले तीन तहको निर्वाचनमा किन हार्यो यसबारे गम्भीर समीक्षा हुनुपर्ने नेता सिंहको भनाइ थियो। कांग्रेसका केन्द्रीय सदस्य …
पुरा पढ्नुहॊस »