नेपाली कांग्रेस इलामको जिल्ला सभापतिमा डम्बर खड्का निर्वाचित भएका छन्। सभापतिका प्रत्याशी भेषराज आचार्यलाई १६० मतले पराजित गर्दै खड्का सभापति निर्वाचित भएका हुन्।
खड्काले ९३५ मत प्राप्त गरेका छन् भने आचार्यले ७७५ मत प्राप्त गरेका छन्। १ हजार ७३२ जनाले मतदान गरेको इलाममा खड्काले अन्तिम १३२ मत गणना गर्न बाँकी हुँदै सभापतिमा आफ्नो स्थान सुरक्षित गरेका थिए। १ हजार ६०० मत गणना हुँदै खड्काले ८७० मत पाएका थिए।
खड्का कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट उम्मेदवार हुन्। आचार्य भने संस्थापन इतर समूहमा थिए।
तपाईंको प्रतिकृया



