Tag Archives: mainnews

काेराेना अपडेटः २५९ जना सङ्क्रमित थपिए, २६४ निको भए

देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९ हजार ८८८ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार १२१ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४८८ जना रहेको छ। आज २६४ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …

पुरा पढ्नुहॊस »

कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डेले पार्टीको आसन्न १४औँ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनले आज पत्रकार सम्मेलन गरी पार्टी विधानले व्यवस्था गरेको पिछडिएको क्षेत्र क्लष्टरअन्तर्गतको सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उनी कांग्रेसको १२ औँ महाधिवेशनमा सेती अञ्चलबाट केन्द्रीय सदस्यमा र १३औँ महाविधेशनमा खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। राजनीतिमा सुधारका लागि पार्टीमा सुधार हुनुपर्ने र देश सुधारका लागि राजनीतिमा सुधार हुनुपर्ने बताउँदै नेता पाण्डेले पार्टी …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचक २१.५१ अंकले घट्याे

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। दिनभरको उतारचढावपछि नेप्से आज २१.५१ अंकले घटेको लागेको छ। आइतबार ८०.२९ अंकले गिरावट आएकाे थियाे। त्यस्तै ‘क’ वर्गका कम्पनीहरूलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि घटेको छ। सेन्सिटिभ इन्डेक्स ५.९२ अंकले घटेर ४९५.५३ अंकमा बन्द भएको छ। आज बजारमा ८२ लाख २५ हजार ८२२ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँ १९ …

पुरा पढ्नुहॊस »

ओमिक्रोनको त्रास : डब्लूएचओले दियो नेपाललाई उच्च सतर्कता अपनाउन सुझाव

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ ‘भेरियन्ट अफ कन्सर्न’ ओमिक्रोन पत्ता लागेसँगै नेपाललगायत दक्षिण-पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । डब्लूएचओको दक्षिण– पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढवा दिनुपर्ने बताएको छ । डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले उक्त क्षेत्रका अधिकांश देशहरूमा कोभिड– १९ संक्रमितहरुको संख्या तुलनात्मक रूपमा कम हुँदै गएपनि विश्वका …

पुरा पढ्नुहॊस »

केपी ओलीले दर्ता गराए अध्यक्षमा उम्मेदवारी

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा जारी पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष ओलीले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका तर्फबाट अध्यक्ष ओलीले आफूसहित १९ जना पदाधिकारीको सूची घोषणा गरेका थिए । यसअघि उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

पुरा पढ्नुहॊस »

भीम रावलले गराए अध्यक्षमा उम्मेदवारी दर्ता

काठमाडाैँ । नेकपा एमालेको जारी महाधिवेशनमा नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । हिजै फारम लिएका उनले आज निर्वाचन आयोगमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी एवं सदस्यहरुप्रति असन्तुष्टि राख्दै आएका रावलले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । रावल यसअघि पार्टीको उपाध्यक्ष थिए । उम्मेदवारी दर्ता गर्दै नेता रावलले जितेपछि पार्टीलाई आगामी चुनावमा बहुमत दिलाउने दाबी गरेका छन् । …

पुरा पढ्नुहॊस »

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचीसहित)

काठमाडौँ । एमाले महाधिवेशनको मध्यराती सुरु भएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तावित ३०१ सदस्यीय केन्दीय कमिटीको सूची पेश गरेका छन् । अध्यक्ष ओलीले आफूले तयार गरेको ३०१ जना केन्द्रीय सदस्यहरुको नाम बन्द सत्रमा पेस गरेका हुन् । २०० जना पुरुष र १०१ जना महिलाको नाम ओलीले बन्दसत्रमा पारित गर्न आग्रह गर्दै पेस गरेका हुन् । सर्वसम्मतिको प्रयास गरे पनि उनीविरुद्ध भीम रावलले अध्यक्षमा उठ्ने घोषणा गरिरहेका बेला ओलीले सूची …

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशनकाे निर्वाचन तालिका परिमार्जन, राति ९ बजेदेखि मतदान

एमाले अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको नामावली सार्वजनिक गरेका थिए । त्यसमा भीम रावल, घनश्याम भुसाललगायतका नेताले अहसमति जनाएपछि निर्वाचन हुने भएको हो ।

पुरा पढ्नुहॊस »

एमाले अध्यक्ष पदका लागि आज ओली र रावलबीच चुनाव

काठमाडाैँ । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज  चुनाव हुने भएको छ । हिजो दिनभर र राति अबेरसम्म पनि नेताहरुसँग छलफल गरेर ओलीले रावललाई उपाध्यक्षमा बस्न आग्रह गरेका थिए । चितवनको सौराहामा राति अबेर शुरु भएको बन्द सत्रमा ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गरेर उनले रावललाई उपाध्यक्षमा बस्न प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेका छन् । रावललाई मनाउने प्रयास असफल भएपछि आज चुनाव …

पुरा पढ्नुहॊस »

विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि धनुषा क्षेत्र नम्बर ३ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। आइतबार भएको धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा उपसभापति निधिसहित बाँकी महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चुनिएका हुन्। उपसभापति निधि पत्नी अनामिका निधि, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनाक्षी झा, प्रतिनिधि सभा सदस्य स्मृतिनारायण चौधरी, प्रदेश सांसद शिवचन्द्र चौधरी र प्रदेश सांसद प्रमीला …

पुरा पढ्नुहॊस »