जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २७ घाइते

काठमाडौँ । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । भेरी नगरपालिका कुदु बराहचौकनजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जरकोटका प्रहरी डीएसपी मधुकुमार थापाका अनुसार नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस दुर्घटनामा परेको छ । बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनालाई उद्धार गरी जिल्ला अस्पताल जाजरकोट पुर्‍याइएको छ ।

राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाइ भएको डिएसपी थापा बताए । दुर्घटनामा मृत्यु भएकाहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाँचेनन् आगलागीमा दुई छोरी र श्रीमती गुमाएका सञ्जय

काठमाडौं । ललितपुरको बाफलमा आगलागीमा परी घाइते भएका सञ्जय गिरीको मृत्यु भएको छ । वैशाख …

प्रतिकृया दिनुहॊस

This will auto close after