Tag Archives: mainnews

विश्वभर ३० प्रतिशतले बढ्यो महँगी, खाद्यान्न र खानेतेलको मूल्य १० वर्षकै उच्च

पछिल्लो एक वर्षमा विश्वमा खाद्य पदार्थको भाउ झण्डै ३० प्रतिशत महँगो भएको पाइएको छ । पछिल्लो १० वर्षकै उच्च मूल्यवृद्धि भएर ३० प्रतिशत महँगो भएको संयुक्त राष्ट्रसङ्घीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन एफएओले जनाएको छ । विश्वमा सबैभन्दा धेरै खाद्यान्न र खाने तेलको मूल्य लगातार बढिरहेको छ । गएको अक्टोबर महिनामा वनस्पति तेलमा १० प्रतिशत मूल्यवृद्धि भएको छ ।

पुरा पढ्नुहॊस »

दिल्लीको प्रदूषण खतरनाक स्तरमा, नेपालसम्म असर

दिल्लीमा हावाको स्तर खराब हुँदै एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान १०ः५९ बजेसम्म बढेर ५६१ पुगेको छ । किर्गिस्तानको बिश्केक २७९ एक्यूआईसहित दोस्रो, चीनको बेइजिङ १९६ एक्यूआईसहित तेस्रो स्थानमा रहेको छ । काठमाडौं भने १०४ एक्यूआईसहित १३औँ स्थानमा रहेको छ ।

पुरा पढ्नुहॊस »

म्ह पूजामा बालेको दियोले लियो एकै परिवारका चारको ज्यान

काठमाडौँ । शुक्रबार नेवार समुदायको नयाँ वर्ष अर्थात् नेपाल संवत् ११४२ । नेवार समुदायले आजको दिन हर्षोल्लासका साथ नयाँ वर्ष मनाउँछन् । यस दिन नेवार समुदायले म्ह पूजा गर्छन् । म्ह पूजा अर्थात् शरीर पूजा गर्छन् । नेवार समुदायले म्ह पूजा विशेष महत्त्वका साथ मनाउँछन् । ललितपुरको मंगलबजारका ६८ वर्षीय लक्ष्मीकृष्ण ताम्राकार पनि म्ह पूजा गर्दै थिए । उनीसँगै सपरिवार म्ह पूजामा व्यस्त थियो । घरको दोस्रो तलाको झ्यालमा दियो …

पुरा पढ्नुहॊस »

तिहार मनाउँदा स्वास्थ्य मापदण्ड अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले तिहार मनाउँदा स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् । भाइटीकाका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् । उनले सन्देशमार्फत अझै पनि कोभिड–१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड–१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन भनेका छन् । कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएकाले होसियारीपूर्वक यस किसिमका …

पुरा पढ्नुहॊस »

भाइटीकाको उत्तम साइत कुन देशमा कति बजे ? (सूचीसहित)

काठमाडौं । तिहारअन्तर्गत मुख्य दिन आज शनिबार भाइटीका मनाइँदै छ । नेपाल पञ्चांग निर्णायक समितिका अनुसार आज बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत छ । तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ । नेपालमा भाइटीकाको साइत शनिबार बिहान ११ बजेर २ मिनेटमा भए पनि अन्य देशमा बसोबास गर्ने हिन्दू समुदायका लागि भने देशअनुसार फरक–फरक समयमा यसको उत्तम साइत हुने अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले जनाएको …

पुरा पढ्नुहॊस »

यमपञ्चककाे अन्तिम दिन आज भाइटीका

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्। आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य …

पुरा पढ्नुहॊस »

मंगलबजारमा ग्यास सिलिन्डर विस्फोट, चार जनाको ज्यान गयाे

ललितपुरको मंगलबजारमा शुक्रबार ग्यास सिलिन्डर विस्फोट भएकाे छ । दुर्घटनामा चार जनाको ज्यान गएको छ। विस्फोटमा परी अन्य दुई जना घाइते भएका छन्। मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले ग्यास सिलिन्डर विस्फोट हुँदा स्थानीय लक्ष्मीकृष्ण ताम्राकार, अञ्जना ताम्राकार, रत्ना ताम्राकार र उनका छोराको मृत्यु भएको बताएका छन्। घटनामा थप दुई घाइतेका भएका छन्। घाइतेको पहिचान हुन सकेको छैन। थप विवरण आउन बाँकी छ।

पुरा पढ्नुहॊस »

गरिबी उन्मूलनको अभियान थालनीमा शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन्। साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवतकाे प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले उल्लेख गरे। नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज राजधानीमा आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः १८३ जनामा संक्रमण पुष्टि, ६४९ जना संक्रमण मुक्त

पछिल्लो २४ घण्टामा ६४९ जना कोरोना संक्रमण मुक्त भएका छन्। त्यस्तै १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३०७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। यससँगै कूल मृतकको संख्या ११ हजार ४३१ पुगेको …

पुरा पढ्नुहॊस »

महाधिवेशन कहिले गर्ने भन्ने निर्वाचन समितिको हातमा छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको १४औँ महाधिवेशन समयमै गर्ने कि नगर्ने भन्ने कुरा आफ्नो हातमा नरहेको बताएका छन्। नेपाली कांग्रेस भक्तपुरले आज आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले निर्धारित समयमै महाधिवेशन होस् भन्ने आफ्नो चाहना भए पनि आफूले चाहेर मात्रै नहुने उल्लेख गरे। निर्वाचन समितिलाई मङ्सिरभित्रै सबै काम सक्नुस् भनेको उल्लेख गर्दै उनले भने, ‘समितिले छिटो काम सके महाधिवेशन समयमै हुन्छ, तोकिएकै मितिमा हुन्छ।’ कसैको पनि …

पुरा पढ्नुहॊस »