नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विधि र पद्धति मिचेर सर्वसम्मत नेतृत्व चयन गरे आफूले महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका छन्।
आफू अध्यक्षको उम्मेदवारी दिनबाट पछि नहट्ने अडान राख्दै नेता रावलले सर्वसम्मत गर्ने अडान ओलीले नछाडे महाधिवेशन बहिस्कार गर्ने चेतावनी दिएका हुन्। बिहान सात बजे होटेल सफारी रिसोर्ट छिरेका अध्यक्ष ओली सर्वसम्मतको अडान राख्दै अहिलेसम्म नेताहरूसँग छलफल गरिरहेका छन्।
उता नेता रावलले पनि सर्वसहमतिका नाममा जे पनि हुन सक्ने भन्दै बन्दसत्र स्थल नछोड्ने बताएका छन्। उनी दिउँसो दुई बजेबाट बन्दसत्र स्थलमै रहेका छन्।
तपाईंको प्रतिकृया




