राजासहित हिन्दु राष्ट्रकाे एजेन्डा बाेक्दै आएकाे राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)को एकता महाधिवेशन आजदेखि सुरु हुँदैछ। भृकुटीमण्डपमा सुरू हुने महाधिवेशन १७ मंसिरसम्म सञ्चालन हुनेछ। महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन्। महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन भिड्दैछन्। तीन जना अध्यक्षमध्ये प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्। …
पुरा पढ्नुहॊस »नेपालमा अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव, यस्ताे छ माैसम
नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ। आगामी तीन दिनको मौसम पूर्वानुमान बुधबार दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा …
पुरा पढ्नुहॊस »कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित
नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्। मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो। नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ …
पुरा पढ्नुहॊस »१७ बुँदे घोषणापत्र जारी गर्दै एमाले महाधिवेशन सम्पन्न
चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए। सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ। १० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो। घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ। न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य …
पुरा पढ्नुहॊस »गोलाप्रथाबाट पेसी तोक्ने कार्यको नेपाल बारद्वारा स्वागत
नेपाल बार एशोसिएशनले मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ। बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ। बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा मङ्सिर १ गतेदेखि लागू …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः २५५ जना सङ्क्रमित थपिए, २५६ निको भए
पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ४६९ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ३६६ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ४९८ जना रहेको छ। आज २५६ जना निको भएका छन्। यससँगै निको हुनेको कूल सङ्ख्या …
पुरा पढ्नुहॊस »नेकपा एमाले अध्यक्षमा ओली पुनः निर्वाचित
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्। निर्वाचित भएका ओलीले १८०८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले २१३ मत मात्र पाए। जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भीम रावललाई फराकिलो मतान्तरले पछि पार्दै ओली पुनः निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन आयोगले भने परिणाम घोषणा गर्न बाँकी छ। मंसिर १० देखि सौराहामा जारी महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। उक्त …
पुरा पढ्नुहॊस »ओमिक्रोनविरुद्ध रुसको अभियान, खोप बनाउन सुरु
कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्धमा रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्ट अनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ। केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्। उनीहरुले ओमिक्रोनविरुद्ध काम गर्ने खोपको विकास चाडै नै हुन सक्ने विश्वास पनि व्यक्त गरेका छन्। ओमिक्रोनविरुद्ध काम गर्ने …
पुरा पढ्नुहॊस »हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी
हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्न अभाव भएको लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द रहनुका साथै लिमीका लागि खाद्यान्न ढुवानी नभएपछि यहाँ भोकमारीको खतरा देखिएको थियो। हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पुर्याइएको हो। लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गरिने बताइएको छ। पुनः आज सिमकोट र हिल्साको …
पुरा पढ्नुहॊस »राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिहरू हामीले जनता सामु पुर्याउन सकेनौंः नेता सिंह
कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासायी बनेको बताएका छन्। ‘राजनीति भनेको सेवाको क्षेत्र हो। तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ। नेताहले नै राजनीतिक धर्म छाडेकाले समस्या आएको हो,’ पार्टीको १४ औँ महाधिवेशनलाई लक्षित गर्दै नेता सिंहले भने, ‘अहिले लोभ–लालचमा नफसि, प्रलोभनमा नपरीकन आउने दिनहरूलाई सुधारेर जान सक्ने, राम्रो बनाउने अवसर आएको छ।’ कांग्रेस नेता लोकश ढकालको ‘नेपाली राजनीति, …
पुरा पढ्नुहॊस »