नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली पुनः निर्वाचित भएका छन्।
निर्वाचित भएका ओलीले १८०८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी भीम रावलले २१३ मत मात्र पाए। जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा भीम रावललाई फराकिलो मतान्तरले पछि पार्दै ओली पुनः निर्वाचित भएका हुन्। यद्यपि निर्वाचन आयोगले भने परिणाम घोषणा गर्न बाँकी छ।
मंसिर १० देखि सौराहामा जारी महाधिवेशनमा मंगलबार बिहान ४ बजेबाट मतदान सुरु भएको थियो। उक्त निर्वाचनमा जम्मा २०९६ मत खसेको थियो ।
महाधिवेशनमा रहेका कूल २ हजार १५३ मतदातामध्ये लालबाबु पण्डितसहित ५७ जनाले मत दिएनन्।
तपाईंको प्रतिकृया




