काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । मतदाताको सूची सम्बन्धी विवाद समाधान भएसँगै राप्रपाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको हो । बिहीबार साँझ मतदाताको नामावली प्रकाशन गरेको निर्वाचन समितिले आज मतदाता नामावलीमाथि दाबी विरोध, उम्मेदवारी दर्ता, उनीहरूको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशनलगायतका काम गर्ने र शनिबार मतदान गर्ने कार्यतालिका रहेको जनाएको छ । राप्रपा महाधिवेशनमा ४४ सय ७१ …
पुरा पढ्नुहॊस »बालाचतुर्दशी: शिवालयहरूमा शतबीज छर्नेको भीड
काठमाडौँ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बिहान मनाइँदैछ । त्रयोदशीका बिहीबार बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्दैछन् । यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात बिहीबार दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । बिहीबार रातभर दीपदान गरी बसेका भक्तजनले …
पुरा पढ्नुहॊस »आजदेखि आफू अहिले बसिरहेकै स्थानीय तहमा मतदाता नामावली दर्ता गर्न सकिने
आजदेखि आफू अहिले बसिरहेकै स्थानीय तहबाट मतदाता नामावली दर्ता गर्न सकिने भएको छ। निर्वाचन आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहको केन्द्रमा १७ गतेदेखि जिल्लाको तालिका अनुसार मतदाता नामावली दर्ता गर्न सकिने छ। १८ वर्ष उमेर पुरा भएका नागरिकले नागरिकताको सक्कल प्रमाणपत्र लिई मतदाता नामावली दर्ता गराउने सक्नेछन् ।
पुरा पढ्नुहॊस »राष्ट्रपतिद्वारा संसद्का दुवै सदनको अधिवेशन आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपाल सरकारको सिफारिसमा बिहीबार संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले एक विज्ञप्ति जारी गर्दै मंसिर २८ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेको जानकारी दिए।
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ३१५ जना सङ्क्रमित थपिए, २०१ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ४०३ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ९४९ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५४६ जना रहेको छ। आज २०१ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक ४९ दशमलव ४ अंकले घट्याे
बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ। आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल तीन अर्ब ४१ करोड ३५ लाख बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ। आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको …
पुरा पढ्नुहॊस »१६ जिल्लामा कांग्रेस अधिवेशन स्थगित, अब १४औँ महाधिवेशनपछि मात्र हुने
नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् समितिले निर्धारण गरेको कार्यतालिकाअनुसार गर्ने निर्णय हो। कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत हालसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको भने १६ जिल्लाको अधिवेशन हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। पार्टीको क्रियाशील सदस्यतालगायतको …
पुरा पढ्नुहॊस »वाग्मती प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेकाे संख्या ६८ प्रतिशत
वाग्मती प्रदेशमा हालसम्म ६८ प्रतिशतले कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाएका छन्। यस प्रदेशमा १८ लाख ७२ हजार ७०७ नागरिकलाई पूर्ण खोप दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार छ लाख एक हजार ९१३ जनाले पहिलो मात्रा खोप लगाएको र दोस्रो मात्रा लगाउन बाँकी रहेको छ। पछिल्ला दिनमा खोप लगाउने क्रम बढेको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए। सरकारद्वारा खोप उपलब्ध पर्याप्त मात्रामा गराएसँगै पहिलो र दोस्रो डोज खोप …
पुरा पढ्नुहॊस »अबदेखि ४० वर्षसम्म बिहे नगर्ने महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको सामाजिक सुरक्षा अध्यादेशले ४० वर्षसम्म विहे नगरेका महिलालाई पनि सरकारको सामाजिक सुरक्षा कार्यक्रममा समेट्न बाटो खुल्ला गरेको छ । राष्ट्रपति भण्डारीले मंसिर १५ गते जारी गरेको सो अध्यादेशमा सम्बन्ध विच्छेद गरी अर्काे विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा चालीस वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलालाई पनि सरकारले सामाजिक सुरक्षा भत्ता दिने विषय समावेश गरेकाे छ । त्यस्तै ‘विधवा, वा सम्बन्ध …
पुरा पढ्नुहॊस »सभामुख सापकोटा भन्छन्- सर्वाेच्चको समस्या समाधानका लागि उपाय खोज्नेछु
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वाेच्च अदालतमा एक महिनादेखिको समस्या समाधानका लागि उपाय खोज्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसियसन चरणवद्ध आन्दोलनमा रहेका बेला सभामुख सापकोटाले भने, ‘ म जानुभन्दा (स्पेन) पहिला नेपाल बारले ध्यानाकर्षण पत्र बुझाएको थियो । विषय जानकारीमा छ, अब कसरी अगाडि बढ्ने भनेर म सोच्छु ।’ बारले प्रधानन्यायाधीशको बर्खास्तीको माग गर्दै प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र संसदमा प्रतिनिधित्व गर्ने दललाई …
पुरा पढ्नुहॊस »