नेपालमा अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव, यस्ताे छ माैसम

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
बुधबार
दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमालीभू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राति: सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको छ।

बिहीबार
दिउँसो : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरूमा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र बागमती प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

शुक्रबार
दिउँसो : देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। पहाडी भू-भागको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र देशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र प्रदेश १ को पहाडी भू-भागको थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको धेरै स्थानहरुममा मध्यमदेखि भारी हिमपात सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात सम्भावना रहेको र देशभर चिसो वढ्ने क्रममा समेत रहेकोले पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनुहुन अनुरोध छ ।तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन समेतअनुरोध छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

उपेन्द्र यादवले दिए निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर …

प्रतिकृया दिनुहॊस