काठमाडौँ । बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री आवास तयार भएको छ । सुरक्षाका दृष्टिले प्रधानमन्त्रीका लागि बंकरसहितको आवास भवन निर्माण गरिएको हो । भवन पुरानो भई जीर्ण भएपछि अहिले प्रधानमन्त्री मुख्य सचिवको सरकारी आवासमा बस्दै आएका छन् । भवन मंसिर २४ गते उक्त भवन प्रधान मन्त्रीलाई हस्तान्तरण गरिने छ । विशेष भवन निर्माण आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ आवासीय भवनमा सर्नेछन् । त्यसका लागि सबै तयारी करिबकरिब …
पुरा पढ्नुहॊस »पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै कांग्रेस
काठमाडौँ । मुलुक संघीय संरचनामा गएपछि नेपाली कांग्रेस पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ । सत्तारूढ दल कांग्रेसले आफ्नो १४औँ महाधिवेशनअन्तर्गत आजदेखि सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन थाल्ने भएको हो । सात प्रदेशका अधिवेशन प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार दिउँसो २ बजे प्रदेश अधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । उनका अनुसार प्रदेश-१ को अधिवेशन विराटनगर, २ को जनकपुर, …
पुरा पढ्नुहॊस »चार वर्षपछि युवालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु: कमल थापा
राप्रपा अध्यक्ष कमल थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरेका छन् । भृकुटीमण्डपमा बुधबारबाट सुरु भएको पार्टीको एकता महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन्। यस चार वर्षमा पार्टीलाई उचाइमा पुर्याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ। अध्यक्षका उम्मेद्वारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए । थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन …
पुरा पढ्नुहॊस »स्वास्थ्य मन्त्रालयले भन्याे, ‘अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्नु’
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न अपिल गरेको छ। कोभिड–१९ को ओमिक्रोन भेरियन्टको सङ्क्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा सङ्क्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको बताए। उनका अनुसार हालसम्म उक्त भेरियन्ट नेपालमा फेला परेको छैन। उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए। उनका अनुसार …
पुरा पढ्नुहॊस »काेराेना अपडेटः ३१६ जना सङ्क्रमित थपिए, २५९ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १२ हजार ७२७ जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ८ लाख २१ हजार ६५१ पुगेको छ। एन्टिजेन परीक्षणबाट संक्रमित हुनेकाे सङ्ख्या ९५ हजार ५२९ जना रहेको छ। आज २५९ जना निको भएका छन्। यससँगै निको हुनेको कूल …
पुरा पढ्नुहॊस »५ दशमलव २८ अंकले बढ्यो नेप्से
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ। नेप्से ५ दशमलव २८ अंकले बढेर दुई हजार ६३३ दशमलब ६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो। आज कारोबार रकम भने बढ्न सकेको छैन। कारोबारमा आएका २२३ कम्पनीका ३७ हजार ५८५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख बराबरको कारोबार भएको छ। कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ। बैंकले आज …
पुरा पढ्नुहॊस »कर्णाली प्रदेश: मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका हुन्। प्रदेश सभा बैठकमा उनको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गरे। मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको छ। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद …
पुरा पढ्नुहॊस »पेम्बाछिरिङ तामाङ कांग्रेस रसुवा सभापतिमा सर्वसम्मत चयन
नेपाली कांग्रेस रसुवा सभापतिमा पेम्बाछिरिङ तामाङ पुन: चयन भएका छन्। उनी सर्वसम्मत जिल्ला सभापति बनेका हुन्। अधिवेशनबाट उपसभापतिमा ओमप्रसाद आचार्य, फुर्वावाङ्दी तामाङ, सचिवमा उत्तम थापा, लक्ष्मण देवकोटा र सहसचिवमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ सर्वसम्मत चयन भएका छन् । रसुवा प्रदेश सभा क्षेत्र ‘क’ को सभापतिमा श्यामकुमार गुरुङ सर्वसम्मत चयन भएका छन्। क्षेत्रीय उपसभापतिमा रिक्चेन तामाङ, राजकुमार घले, सचिवमा एमबी लामा थोक्रा, तारानाथ पौडेल र सहसचिवमा राजु तामाङ र …
पुरा पढ्नुहॊस »सन्दर्भ विश्व एड्स दिवसः नेपालमा एचआइभी एड्सको सङ्क्रमण दर घट्दै
नेपालमा एचआइभी एड्स सङ्क्रमण दर घटेको एक अध्ययनले देखाएको छ। विगत १० वर्षको तथ्याङ्क हेर्दा सङ्क्रमण दर घटेको अध्ययनले देखाएको हो। राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा आयोजित ‘नेपालमा एचआइभी र एड्सको अवस्था’ विषयक अन्तक्र्रिया कार्यक्रममा १० वर्षको अन्तरमा सङ्क्रमण दर ६३ प्रतिशतले घटेको केन्द्रका निर्देशक डा सुधा देवकोटाले जानकारी दिइन्। ‘असमानता हटाऔं एड्स अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ ३४औँ विश्व एड्स दिवस भोलि …
पुरा पढ्नुहॊस »कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ दक्षिण कोरियामा पनि देखियो
दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ। कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो। कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए। उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो। खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट …
पुरा पढ्नुहॊस »