कांग्रेस केन्द्रीय कार्यालयमा जारी अनशन स्थगित

नेपाली कांग्रेस डडेल्धुराका नेता, कार्यकर्ताहरुले डडेल्धुरामा गरिएका वडा तथा पालिका अधिवेशन बदर गर्न माग गर्दै केन्द्रीय कार्यालयमा गरिएको अनशन स्थगित गरेका छन्।

मंगलवार नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको उपस्थितिमा अनशन स्थगित गरिएको हो। नेपाली कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण बहादुर मल्ल लगायतका नेता, कार्यकर्ताहरुले हटाइएका क्रियाशिल सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, अवैधानिक वडा/पालिका अधिवेशन बदर गरी अधिवेशनको नयाँ मिति तय गर्नुपर्ने माग गर्दै मंसिर १ गतेदेखि अनशन सुरु गरेका थिए।

उपसभापति निधिले अनशनकारीहरुको पीर मर्काहरु पार्टीको प्रदेश अधिवेशन र महाधिवेशनको बेलामा पनि आम जनताको बिचमा राखेर जाँदा राम्रो हुने निर्देशन दिएपछि अनशन तोडिएको कांग्रेस डडेल्धुरा सभापति कर्णबहादुर मल्लले बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस