गोलाप्रथाबाट पेसी तोक्ने कार्यको नेपाल बारद्वारा स्वागत

नेपाल बार एशोसिएशनले मङ्सिर १५ गतेदेखि सर्वोच्च अदालतमा गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने कार्यको स्वागत गरेको छ।

बारको सोमबार बसेको बैठकले उक्त कार्यको स्वागत गर्दै जिल्ला, उच्च र विशेष अदालतमा पनि गोलाप्रथा प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने व्यवस्था गर्न माग गर्ने निर्णय गरेको छ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा गत साउन १७ र जिल्ला, उच्च, विशेषमा मङ्सिर १ गतेदेखि लागू गर्ने भनिए पनि सोअनुसार नभएकाले सर्वोच्च अदालत नियमावली संशोधन गरी लागू गर्न सर्वोच्च अदालतको पूर्ण बैठकसँग माग गर्ने निर्णय गरिएको उल्लेख छ।

उक्त नियमावली संशोधन भई नआएसम्म विरोधस्वरुप जिल्ला, उच्च तथा विशेष अदालतमा कालोपट्टी बाँधी दैनिक एक घण्टा धर्ना गरी बाँकी समयमा व्यवसाय गर्न, गराउन सम्पूर्ण एकाइलाई लेखी पठाउने बारले निर्णय गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री