नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन्।
कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन गर्दै सभापति देउवाले आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मको सरकार कांग्रेसकै बन्ने दाबी गरेका हुन्।
उनले ओली नेतृत्वको सरकार हुँदा मुलुकमा डर त्रास व्याप्त रहेकोमा अहिले त्यसबाट देशलाई मुक्ति मिलेको बताए । उनले ओली प्रवृतिबाट मुक्त गर्न नेपालमा कांग्रेस युक्त सरकार आवश्यक रहेको बताएका छन् ।
तपाईंको प्रतिकृया



