Tag Archives: mainnews

सहज तरिकाले ठूला योजना सञ्चालन हुने नीति बनाउनु पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उनले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे। “अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिऊन्”, उनले भने, “सरल र रोकावटबिना ठूला योजना सञ्चालन हुने नीति बनाउनुपर्छ।” उनले आर्थिक जीवनमा परिवर्तन ल्याउने योजना छनोट …

पुरा पढ्नुहॊस »

माधव नेपाल भन्छन्, ‘सर्वाेच्चमा देखिएको समस्या छिट्टै समाधान हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनु पर्ने बताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उनले सर्वाेच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए। अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको र नेकपा (एमाले)बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताए।  

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश जबराले बाेलाए फुलकोर्ट, बहिष्कार गरेका न्यायाधीश पनि सहभागी हुँदै

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन्। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीले दिएकाे जानकारी अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ। बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ। यसअघि प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन्।

पुरा पढ्नुहॊस »

बारको धर्ना जारी रहँदै प्रधानन्यायाधीशले निवासबाटै तोके नौ इजलास

कानुन व्यवसायीको धर्नाका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबारका लागि नौ इजलास गठन गरेका छन्। बारले राजीनामा माग्दै धर्ना दिइरहेका बेला जबराले बालुवाटारस्थित निवासबाटै नौ वटा इजलासका लागि २५९ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन्। आफूबाहेकका इजलास गठन गरेका जबराले उनीविरुद्ध आन्दोलन सुरु भएयता पहिलो पटक पूर्ण इजलास गठन गरेका छन्।

पुरा पढ्नुहॊस »

ललितपुर महानगरमा आज र भोलि भेरोसेलको दोस्रो मात्रा खोप

काठमाडाैँ । ललितपुर महानगरपालिकाले विभिन्न मितिमा कोरोनाविरुद्धको पहिलो मात्र भेरोसेल खोप लगाएकालाई आजबाट दोस्रो मात्र खोप लगाउने भएको छ । महानगरपालिकाले दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि आज र भोलि (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएको २१ दिन पुगेका व्यक्तिले आ–आफ्नो वडामा सम्पर्क गरि खोप लगाउन ललितपुरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए । खोप लगाउन जाँदा अनिवार्य …

पुरा पढ्नुहॊस »

गोलाप्रथा लागू गर्न फुलकोर्ट बोलाउन प्रस्ताव

काठमाडौँ । न्यायाधीशहरूले फुलकोर्ट (सर्वोच्चका सबै न्यायाधीश सहभागी हुने बैठक) बोलाउन प्रस्ताव गरेका छन् । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै इजलास बहिष्कार गरिरहेका उनीहरूले आजका लागि फुलकोर्ट बोलाउन प्रस्ताव गरेका हुन् । बुधबार बसेको सर्वोच्च अदालतका १३ जना न्यायाधीशको बैठकले फुलकोर्ट बोलाउनका लागि आग्रह गर्ने निर्णय भएको थियो । न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तान, …

पुरा पढ्नुहॊस »

पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भए द्वन्द्व बढ्छ : गृहमन्त्री खाँण

‘म बुद्ध जन्मस्थलबाट आह्वान गर्छु कि राष्ट्रिय राजनीतिको मूलधारमा सबै राजनीतिक शक्तिहरु आउनुस्’, खाँणले भने, ‘हतियार बुझाउन बाँकी रहेका शक्ति हुनुहुन्छ भने पनि हतियार बुझाएर शान्ति प्रक्रियामा आइ राष्ट्रिय राजनीतिको मूलधारमा आउनुस् ।’

पुरा पढ्नुहॊस »

एमाले महाधिवेशनः प्रचार प्रसारका लागि ७७ जिल्लामै मोटरसाइकल र्याली

नेकपा (एमाले) को १० औं महाधिवेशनको प्रचार–प्रसारका लागि देशभर मोटरसाइकल र्याली हुने भएको छ। दशौं राष्ट्रिय महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले चितवनमा हुने महाधिवेशनको प्रचार–प्रसारका लागि देशव्यापी रुपमा जिल्ला सदरमुकाममा मोटरसाइकल र्याली गरिने बताएका हुन्। र्याली मंसिर ७ गते हुनेछ। महाधिवेशन प्रचार–प्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले विशेषगरि काठमाडौं–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्याली गर्ने तयारी गरिएको जानकारी दिए। उनका अनुसार मंसिर १० …

पुरा पढ्नुहॊस »

मौसमी प्रणालीको प्रभावले देशभर बदली

काठमाडौँ । अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

पुरा पढ्नुहॊस »

सरकारले पहिलाे पटक जारी गर्याे विद्युतीय राहदानी, के छ विशेषता?

सरकारले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँगको सहकार्य र समन्वयमा विद्युतीय राहदानी जारी गरेको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले आज आयोजित एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गरे। साथै उनले शताब्दी पुरुषको उपमा पाएका जोशीलाई अभिनन्दन पनि गरे। राहदानी विभागले आयोजना गरेको उक्त कार्यक्रममा मन्त्री खड्काले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डअनुसार सुरक्षाका सबै विशेषता समेटिएको गुणस्तरीय राहदानी जारी गरिएको बताए। समयबद्धरूपमा विदेशस्थित नेपाली नियोग र सबै जिल्ला प्रशासन …

पुरा पढ्नुहॊस »