नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेनमा नीति र कार्यक्रममा छलफल नभएको र समयमा अधिवेशन गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्।
उनले देशमा आएको परिवर्तन अनुसार कांग्रेस अघि वढ्यो कि वढेन भनेर आत्मसमीक्षा, आत्ममूल्यांकन र आत्मसमीक्षा गर्ने बेला भएको भन्दै यो अधिवशेनमा यसको समीक्षा गर्नुपर्ने बताए।
१४औं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै उनले विधिका लागि मात्र अन्तिम समयमा आएर महाधिवेशन गर्दा प्रभावकारी नभएको भन्दै एमालेको चितवन महाधिवेशनजस्तो आफ्नो महाधिवेशन हुन नसकेको बताए।
उनले पार्टीलाई सक्षम बनाउन तयारीका साथ जानुपर्नेमा त्यसो हुन नसकेको बताए। उनले देश गतिहीन र अवरुद्ध भएको भन्दै संसद चल्न नसकेको, सर्वोच्च अदालत अस्तव्यस्त भएको, सरकार गतिहीन भएको बताए।
कांग्रेसको गौरवशाली इतिहास रहेको भन्दै उनले यतिबेला पार्टी बहुसंख्यक जनता पक्षमा हुनुपर्नेमा ३१ प्रतिशतभन्दा माथि समर्थन जुटाउन नसकेको भन्दै असन्तुष्टि जनाए।



