ओलीकाे सुझाव, ‘कांग्रेस अरूको एजेण्डमा नहिँडोस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले अर्काको एजेण्डा बोकेर नहिँड्न सुझाव दिएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित १४औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसका मात्रै नेता नबनेर सबैको नेता बन्न आग्रह पनि गरेका छन्। उनले महाधिवेशको शुभकामना दिँदै भने, ‘नेपाली कांग्रेस अरुको एजेण्डा बोकेर हिँड्न छाड्नु पर्छ। आफ्नो एजेण्डा लिएर अघि बढोस् ।’

कांग्रेसको महाधिवेशनमा आउनुअघि एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टी कार्यक्रममा सहभागी थिए। उनी त्यहाँबाट कांग्रेसलाई सम्झाउन जान्छु भन्दै निस्किएका थिए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कवाडी व्यवसायको दर्ता र नवीकरण गर्न महानगरको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर भित्र सञ्चालनमा रहेका कवाडी व्यवसायहरूको दर्ता वा नवीकरण गर्न आग्रह …

प्रतिकृया दिनुहॊस